सुनौलो बाग्लुङ संस्थाको बरेङ गाँउपालिका स्तिरिय समिती गठन
दिपेन्द्र परियार।१ असोज ०७७।सामाजीक कार्यकालागी सामाजीक संजाल फेसबुक मार्फत गठन भएको सुनौलो बाग्लुङ सस्थाले बरेङ गाँउपालिकामा पनि आफ्नो पालिका स्तिरिय समिती गठन गरेको छ ।
बिहिबार सुनौलो बाग्लुङ सस्थाका अध्यक्ष शिब श्रिस मगरको बिशेष उपश्थितीमा बरेङ बजारमा सम्पन्न भेलाले प्रदिप श्रिसको अध्यक्षतामा १७ सदस्यिय सुनौलो बाग्लुङ बरेङ गाँउपालिका उप समिती गठन गरको हो ।
समितीको उपाध्यक्षमा टेरुसा पुन,सचिब दिपा सिञ्जालि मगर, सह सचिब प्रमिला ढुङगाना , कोषाध्यक्षमा पुष्पा श्रिस चयन भएका छन समितीको अन्य सदस्यहरुमा हिरा थापा, जिबन थापा, बिषाल पुन , बिषाल सुनार(पुर्ण) चन्द्र बिसि, सीमा काला , सुबिन्दा पौडेल , कुसुम पुन, सुदिप शर्मा ,कमल पौडेल, बिपीन थापा र पृथ राना रहेका छन ।
नब गठित समितीले हरेक २ महिनाको पहिलो शुक्रबार बैठक बस्ने निर्णय गरेको छ ।सस्थाले बिभिन्न प्रकोप पिडितका लागी राहत बितरण , बिभिन्न संघ सस्था लगाएत स्थानिय निकायम हुने आर्थिक अनियमितता ,सामाजीक बिकृति लगाएतका बिरुद्ध सामाजीक कार्य गर्दै आईरहेको छ ।
« बरेङमा सुतिरहेका ३ जनाको हत्या गर्ने प्रयास ः फोनले बचायो «
» बरेङमा कार्यरत खरिदार रानालाई बिदाइ, पालिका अध्यक्षद्धारा प्रशंसा »







