बरेङमा कार्यरत खरिदार रानालाई बिदाइ, पालिका अध्यक्षद्धारा प्रशंसा
२०७७ आश्विन १ । बरेङ । बरेङ गाउँपालिका बागलुङले बिगत ३ वर्षदेखि कार्यरत एक कर्मचारीलाई बिहिबार बिदाइ गरेको छ ।
बागलुङ मालपोत कार्यलयमा सरुवा भै जान लाग्नुभएका खरिदार मिलन श्रीस रानालाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले अबिर, ढाका टोपि, दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो ।
२०७४ असोजबाट बरेङ गाउँपालिकाको विकास र उन्नतिका लागि निरन्तर हालसम्म कुशलता, इमान्दारीताका साथ आफ्नो जिम्मेवारीको काम गर्नुभएका श्रीसलाई पालिका अध्यक्षले प्रशंसा गर्नुभएको थियो । शर्माले रानालाई बरेङ गाउँपालिकालाई जहाँ गएतापनि आफ्नो ठाउँबाट सहयोग गर्नको लागि अनुरोध गर्नुभयो ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले स्थानीय तहलाई मलजल गर्ने, हुर्काउने काममा वडा सचिव, योजना तथा प्रशासन र जिन्सी जस्ता शाखा सम्हालेर यहाँको गरिमा र प्रतिष्ठालाई उच्च राख्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
बिदाइ कार्यक्रममा रानाले भन्नुभयो “आफूले काम गर्दा वर्षौ बितेको पत्तै नभएको, पारिवारिक वातावरणमा काम गर्ने परिवेश पाएको तर आफू संघको कर्मचारी भएकाले जानुपर्ने बाध्यता आयो नभए यही नै काम गर्ने थिए ।” उहाँले अन्य कर्मचारी साथीहरुलाई पनि यहाँ जस्तो काम गर्ने वातावरण अन्यन्त्र नभएकोले बरेङको समृद्धिका लागि राम्रो कार्य गरेर देखाउन अनुरोध गर्नुभयो ।
पालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता र शिक्षा अधिकृत सुर्यप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
« सुनौलो बाग्लुङ संस्थाको बरेङ गाँउपालिका स्तिरिय समिती गठन «







