दर्ता. न‌: २४५/०६५/०६६

बरेङ बजारमा प्याजको अभाब,मुल्य बढ्दै ःअहिले सम्म प्रतिकेजी ६० रुपैयाँ

दिपेन्द्र परियार। बरेङ।२ असोज०७७।नेपाली बजारमा सुकेको प्याजको मूल्य बढ्दै गइरहेको छ । भारतबाट प्याज आउन छाडेपछि नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

शुक्रबार सम्म बरेङ बजारका अधिकांस खाद्य तथा किराना पसलमा मा किलोको ६० रुपैया सम्ममा किनबेच भइरहेको छ भने केहि पसल हरुमा ८० रुपैया पनि दर भन्ने गरेको पाईएको छ । 

बरेङ बजारका ब्यापारी माया छन्त्यालका अनुसार आज सम्म आफुले पुरानै दरभाउमा प्याज प्रतिकिलो ६० रुपैयाँमा बेचेको र अबको नयाँ लटमा दरभाउ महंगो हुन सक्ने बताईन । छन्त्यालका अनुसार बुटवल भैरहवामा प्याजको अभाब नभएको तर मुल्य भने बढेर आउने जानकारी दिदै  ढुवानी गर्नका लागी बाटो को अबस्था खराब रहेको कारण बरेङ बजारमा प्याज लगाएत अन्य सामाग्री हरुको अभाब हुन थालेको बताईन ।  

त्यस्तै बरेङ बजारकै किसोर कुसल किराना पसलका सञ्चालक मति प्रसाद पौडेलले सुकेको प्याजको मूल्य अहिले दिनानुदिन बढ्दै गइरहेको भन्दै बिहिबार सम्म आफुले प्याज पुरानै दरभाउमा किनबेच गरेको बताउदै अहिले बजारमा प्याजको अभाब हुन थालेको बताए । उनका अनुसार बुटवल भैरहवामा पनि प्याजको दर भाउ बढेकाले अब नयाँ आउने क्रममा प्याजको दर भाउ स्वत बढ्ने बताए । बरेङ बजारमा भैरहवा बुटवलबाट प्राय खाद्य सामाग्रीहरु ढुवानी गरिन्छ । 

« रिपाहाले हिउदे तरकारी का बिउ बाड्यो «

» बरेङ गाँउपालिकाको ४१ औ बैठक सम्पन्न ः कोभिड अस्पताल निर्माण देखि असोज १५ भित्र सम्पुर्ण बिद्यालय सञ्चालन गर्ने निर्णय »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal