बरेङ गाँउपालिकाको ४१ औ बैठक सम्पन्न ः कोभिड अस्पताल निर्माण देखि असोज १५ भित्र सम्पुर्ण बिद्यालय सञ्चालन गर्ने निर्णय
दिपेन्द्र परियार। बरेङ।३।असोज।०७७। बरेङ गाँउपालिकाले असोज १५ गते देखि सम्पुर्ण बिद्यालय सञ्चालन गर्ने भएको छ ।
बरेङ गाँउकार्यपालिकाको कार्यलय सुदालामा सम्पन्न ४१ औ बैठकले जनप्रतिनिधी बिद्यालय ब्यबस्थापन समिती स्थानिय सरोकारवाला निकाय शिक्षक कर्मचारी को आपसी छलफलबाट असोज १५ गते भित्र सुरक्षाको सम्पुर्ण बिधि अपनाएर गाउपालिका भित्रका सबै बिद्यालय सञ्चाल गर्ने भएको हो ।
तोकिएको समयअबधि भित्र बिद्यालय सञ्चालन गर्ने सम्भाबना नभएका बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षलाई बरेङ गाँउपालिकाको शिक्षा शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । गाँउपालिकाले शिक्षकका लागी पारिश्रमिक र दरबन्दी समेत श्रीजना गर्ने भएको छ ।
त्यस्तै पालीकाको घर घर र टोल टोलमा पशु चौपाय बध गर्दा फोहोर र दुर्गन्ध फैलिएको भन्दै बरेङ गाँउपालिकाले बजार तथा टोल आसपासमा निश्चित ठाँउमा पशु पंक्षी बधशाला निर्माण गर्ने निर्णय भएको छ ।त्यस्तै बरेङ बजार र वडा न ४ थप्लुङमा कृषी संकलन केन्द्रस्थापना गर्ने भएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । यसैगरि बरेङमा अस्थाई कोभिड अस्पताल निर्माण गर्ने भएको छ ।त्यसका लागी वडा न २ हुग्दिसिर र वडा न ३ बाटाकाचौर मा सम्भाब्यता अध्यन गरि सिघ्र संचालन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै महिलाहरुलाई आत्म निर्भर बनाउनका लागी बरेङ गाँउपालिकाले एकघर एक महिला रोजगार कार्यक्रमलाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने भएको छ ।
बैठकले साझेदारीमा गाँउपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम युवा रोजगार कार्यक्रम ,संघ सस्था कृषक समुह र लैगिक हिंसा कोष सञ्चालन कार्यबिधी अनुमोदन गरेको छ ।
बिपद ब्यबस्थापनको लागी गाँउपालिका भित्रका बिपदको बर्गिकरण गरि राहत ब्यबस्थापन र पुर्ननिर्माण तथा राहत कार्य अबिलम्ब सुचारु गर्ने निर्णय समेत बैठकले गरको छ ।
बैठकले पालिका भित्रका ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षण पर्यटन पर्बद्धनका लागी डिपिआर को आधारमा सत्यवती मन्दिर र कौडे राजाको दरबार को थप ब्यबस्थापन का लागी गण्डकी प्रदेस सरकार सँग बजेटको माग गर्ने निर्णय गरको छ । बैठकले मेसिनरि उपकरणको स्थानिय दररेट निर्धारण गरेको छ ।जसमा सानो डोजर प्रति घण्टा २२ सय,ठुलो डोजर प्रतिघण्टा ४४ सय तथा ब्रेकर प्रति घण्टा ५३ सय निर्धारण गरिएको छ ।
« बरेङ बजारमा प्याजको अभाब,मुल्य बढ्दै ःअहिले सम्म प्रतिकेजी ६० रुपैयाँ «







