सुखौराको महेन्द्र माबिमा सोमबार देखि जोर बिजोर प्रणाली मार्फत पढाई हुने
दिपेन्द्र परियार।बरेङ।४ असोज ०७७बरेङ गाउपालिका वडा न ५ सुखौरा को महेन्द्र माबिमा सोमबार देखि जोर बिजोर प्रणाली बाट पढाई हुने भएको छ ।
आईतबार वडाका जनप्रतिनिधी ,बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिबाबक संघ सहित सरोकारवाला ब्यक्तिको बैठकले सोमबार देखि अभिबाबकको सहकार्यमा सबै सुरक्षाका साधन अपनाउदै र ब्यक्तिगत सामाजीक दुरी कायम गरि जोर बिजोर प्रणाली अनुसार कक्षा सञ्चालन गर्ने भएको छ ।
कक्षा १ देखि १२ सम्म पढाई हुने महेन्द्र माबि सुखौरामा २८० जना बिद्यार्थि अध्यनरत रहेका बिद्यालयका शिक्षक नारायण प्रसाद शर्मा ले बताएका छन ।







