दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउपालिकाका ६ जनाले कोरोना जिते १ जना थपिए सँगै ३ जना होम आईसोलेसनमा

दिपेन्द्र परियार। बरेङ।६ असोज ०७७।बागलुङको बरेङ गाउपालिकाका ८ जना संक्रमित मध्ये ६ जनाले कोरोना जितेर घर फर्किएका छन । भदौ ३० र ३१ गते स्वाब संङकलन गरिएका मध्ये ३८ जनाको नेगेटिभ रिर्पोट आएको छ ।

त्यस्तै  बर्ष  ३६ र बर्ष ३३ का २ जना को रिर्पोट पोजेटिभ आएको छ । पालिकामा नयाँ संक्रमित एक जना थपिएका छन । बरेङ १ धुल्लुबाँस्कोटका भारतिय सेनामा कार्यरत १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बरेङ गाउपालिकामा अहिले जम्मा ३ जना सक्रिय संक्रमित रहेका बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । संक्रमीत हरुमा कुनै पनि स्वास्थ्य समस्या नरहेको कारण होम आईसोलेसनमा राखिएको छ ।

« बरेङका बिद्यालय संचालन नहुदै बन्द «

» जैमिनीका ५ जनामा कोरोना संक्रमण पुष्टी ः धौलागीरी अस्पतालमा राखिने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal