दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा गरिब परिचयपत्र बितरण ।

जिबन पौडेल, बरेङ । ०२ भाद्र २०७५ । बरेङ गाउँपालिकाले गरिब परिचय पत्र वितरण कार्यलाई तिव्रता दिएको छ । गत साउन २८ गतेदेखि वितरण गर्न सुरु गरेको गरिब परिचय पत्र हालसम्म ४ सय २३ घर परिवारलाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठराज पौडेलले जानकारी दिए ।

गाउँपालिकाले अति गरिब, मध्ययम गरिब र सामान्य गरिब पहिचान गरी परिचय पत्र वितरण गरिएको छ । गरिब परिचय पत्र अति गरिबलाई रातो कार्ड, मध्यमलाई पहेलो कार्ड र सामान्य गरिबलाई निलो कार्ड गरी तीन किसिमका कार्ड वितरण गरिरहेको छ ।

हालसम्म गाउँपालिकाले वडा नम्वर ३ बाटाकाचौरमा १ सय ७२ जना वडा नम्वर ५ शुखौरामा ४४ जना वडा नम्वर ४ सल्यानमा ५२ जना र वडा नम्वर १ धुल्लुबास्कोटमा १५५ जना लाई गरीबलाई परिचय पत्र वितरण गरिएको पौडेलले जानकारी दिए।

वडा नम्वर २ हुग्दिशिरमा आइतबार र सोमबार वितरण गरीने उनको भनाई छ । शनिबार वडा नम्वर १ धुल्लुबास्कोटमा वितरण कार्यक्रमको आयोजना गरीएको र कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा,प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठराज पौडेल, वडा अध्यक्ष नरशिंह पुन, वडा सदस्य छत्र थापा लगाएतको सहभागिता रहेको थियो ।

गाउँपालिकाले गरिब परिचय पत्र भाद्र ४ गतेसम्म निरन्तर वितरण गर्ने र छुटेका गरिब परिवारलाई पुनः वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद शर्माले जानकारी दिए  । यसरी परीचय पत्र वितरण गर्नेक्रममा धनिहरु पनि गरीबको सुचिमा परेको र अति गरीब पनि गरीबको सुचिमा नपरेको भन्दै ठाउँठाउँबाट जनगुनासो बढ्दै गएको छ ।

« बरेङ गाउँपालीकामा एफ आईपिभि खोप शुरु । «

» धुल्लुबाँस्कोटमा शुरु गरिएको एक घर एक धारा आयोजनाको काम तिव्र गतिमा, ७० प्रतिशत काम सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal