दर्ता. न‌: २४५/०६५/०६६

बरेङका ४ वडाका मुख्य बाटो सञ्चालन ,वडा न १ मा भोली बाट बाटो सरसफाई गरिने

दिपेन्द्र परियार।बरेङ।९असोज ०७७।बरेङ गाउपालिकाका ४ वटा वडाका मुख्य मोटरबाटोहरु सरसफाई गरिएको छ ।

पालिकाको वडा न २ हुग्दिसिर वडान ३ बाटाकाचौर वडा न ४ सल्यान तथा वडा न ५ सुखौराका मुख्य मोटरबाटो हरु सरसफाई पश्चात सुचारु भएको वरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

यसै क्रममा बरेङ बजार देखि सुदाला सम्मको मोटरबाटो सरसफाई कार्य शुक्रबार सम्पन्न भएको छ ।

मनसुन सुरु भएपछि बिभिन्न ठाँउमा पहिरो गएर क्षति भएको बाटो मर्मत पछि पुर्ण रुपमा सञ्चालनमा ल्याएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

यस अघि बरेङ सुदाला मोटरबाटो आँसिक रुपमा सञ्चालन भएपनि ठुलागाडीहरु सुदालामानै रोकिने अबस्था थियो मोटर बाटो मर्मत पछि सबैखाले गाडीहरु सहजरुपमा बरेङ आउजाउ हुने शर्माले बताए । बरेङ गाँउपालिकाको वडा न १ धुल्लुबास्कोटमा भोली शनिबार देखि बाटो सरसफाई गरिने शर्माले जानकारी दिए ।

« जैमिनीका ५ जनामा कोरोना संक्रमण पुष्टी ः धौलागीरी अस्पतालमा राखिने «

» बरेङ झुले खानेपानि बगायो ः गाग्रो बोक्दै बास्कोटे नागरिक »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal