बरेङ झुले खानेपानि बगायो ः गाग्रो बोक्दै बास्कोटे नागरिक
दिपेन्द्र परियार।बरेङ।९असोज ०७७।झुले बरेङ खानेपानि मर्मत आयोजना सम्पन्न भएको १ महिना नहुदै पहिरोले बगाएको छ ।
बिगत १ हप्ता देखिको अबिरल बर्षाले झुलेमा झण्डै ३० मिटर पायप बगाएपछि खानेपानि अस्त ब्यस्त बनेको झुले बरेङ खानेपानि उपभोक्ता समितीका सचिब मति प्रसाद पौडलले बताए ।
खानेपानिको अभाबमा पालीकाको वडा न १ पात्ला र बास्कोटमा खानेपानीको चरम अभाब बनेको स्थानिय सन्तोस पोखरेलले बताए ।पोखरेलका अनुसार बास्कोटको भुमेथान र पात्लाका स्थानियहरु बिगत ६ महिना देखि एक आधा घण्टाको पैदल दुरि पार गरेर पानीको गाग्रो बोक्न बाध्य बनेका छन झरी परेको दिन भने स्थानियले बलेनी पानि पिउने गरेका छन । गाई बस्तुका लागी पोखरी र खाल्डाखुल्डीमा जमेको पानी खुवाउने गरेको पोखरेलको भनाईछ ।
झुले बरेङ खानेपानि योजना सम्पन्न गर्नकालागी नेपाल सरकारको अर्थ मन्त्रालयको बिशेष अनुदानमा ७५ लाख बजेट बिनियोजन भएको मा केपी कन्ट्रक्सन पोखराले ५१ लाख ४ हजार ९ सय ११ रुपैया ३४ पैसामा ठेक्का सम्झौता गरेर निर्माण को जिम्मा लिएर कार्य सम्पनन गरेको थियो ।
तर स्थानियहरुले निर्माण कार्य त्यति चित्त बुझ्दो नभएको र पहिलेको तुलनामा झन खानेपानि अस्त ब्यस्त बनाई दिएको ब्यापक गुनासो गरेका छन ।
« बरेङका ४ वडाका मुख्य बाटो सञ्चालन ,वडा न १ मा भोली बाट बाटो सरसफाई गरिने «







