बरेङमा १८ जनाको स्वाब संकलन
दिपेन्द्र परियार, बरेङ । ११ आश्विन २०७७ । बरेङ गाउँपालिकाले १८ जनाको स्वाव संकलन गरेको छ । भारत तथा तेस्रो मुलुकबाट आई आईसोलेसन र क्वारेन्टाइनमा बसेका बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोट र वडा नम्बर २ हुग्दिशिरका ३ महिला र १५ पुरुषको आइतबार स्वाव संकलन गरिएको पालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताउनुभयो ।
पालिकाले समुदायका एकजना प्रहरी, यस अघि संक्रमण भएर आइसोलेसन बसेका ३ जना , भारतबाट फर्किएका १४ जना र मलेसियबाट फर्किएका १ जना गरी जम्मा १८ जनाको हुग्दिशिरको बराहकोट प्राथमिक विद्यालयमा नमुना स्वाव संकलन गरिएको हो ।
यस अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका हुग्दिशिरका २ जना र धुल्लुबास्कोटका १ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको र कोरोनाकै कारण रोजगार गुमाएर गाउँ फर्किनेको क्रम जारी रहेकोले बरेङ गाउँपालिकाले बाहिरबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइन राख्ने र स्वाव लिने कार्य गरिराखेको छ ।
« बरेङ झुले खानेपानि बगायो ः गाग्रो बोक्दै बास्कोटे नागरिक «
» बरेङका थप ५ गरि २३ को नमुना स्वाब संकलन,, भोली पनि संकलन गरिने »







