दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा अनलाईन व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी २ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न

दिपेन्द्र परियार ।११ असोज ०७७।बरेङ गाउँपालिकामा अनलाईन व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी २ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

घट्ना दर्ता र सामाजिक सुरक्षा वितरणमा एमआईएस प्रणाली प्रयोग गर्दा प्रविधिमा आउन सक्ने समस्या र समाधान गर्ने उद्धेश्यले तालिम संचालन गरिएको हो ।

पालिकाले सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली प्रयोग गरि प्रत्येक वडाबाट तथ्याङ्क संकलन तथा अध्यावधिक गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६र०७७ को पहिलो चौमासिकदेखि प्रभु बैङ्क (बरेङ र शान्तिपुर शाखा) मार्फत सामाजिक सुरक्षा भत्ता वितरण कार्य थालेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनु भयो । ।

बैङ्किङ प्रणालीमा लैजाने क्रममा सामाजीक सुरक्षा अन्तगत गलत भएका ब्यक्तीगत ५ सय भन्दा बढी विवरणहरु सिस्टममा सच्याई अध्यावधिक गरिएको पालिकाले जनाएको छ ।

एम आई एस प्रणलीमा बिभिद कारणबस छुटेका लाभग्राहि हरुको बिबरण सम्बन्धित वडा कार्यालयमा गई सिबिर संचालन माफर्त ४० भन्दा बढि लाभ ग्राहिको बिबरण आर्थिक बर्ष ०७६÷ ७७ मा कार्यपालिकाको निर्णय अनुसार सिस्टममा परिविष्ट गरि लाभ ग्राहिहरुलार्ई भत्ता रकम उपलब्ध गराईएको सुचना प्रबिधि अधिकृत राजन कार्किले जानकारी दिनुभयो । 

« बरेङका थप ५ गरि २३ को नमुना स्वाब संकलन,, भोली पनि संकलन गरिने «

» झुले बरेङ खानेपानि आयोजनाको स्थलगत अनुगमन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal