दर्ता. न‌: २४५/०६५/०६६

झुले बरेङ खानेपानि आयोजनाको स्थलगत अनुगमन

दिपेन्द्र परियार ।१२ असोज ०७७।झुले बरेङ खानेपानि आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।

झुले बरेङ खानेपानि आयोजना सम्पन्न भएपनि उपभोक्ताको धारामा पानी नपुगेको भन्ने समाचार मिडियामा आएपछि बरेङ गाँउपालिका योजना शाखा प्रमुख रामचन्द्र शर्मा , इन्जिनियर कृष्ण बहादुर थापा र सब इन्जिनियर सुमन पराजुलि सहितको टोलीले झुले स्थित मुहान देखि बरेङ सल्लेरी सम्मको स्थलगत निरिक्षण गरेको हो ।

योजना सम्पन्न भएर रकम भुक्तानि भईसक्दा पनि कार्य गुणस्तरिय नभएको भन्दै ब्यापक जनगुनासो आए पछि सत्य तत्थ्य बुझ्न ईन्जिनियर सहितको टोली मुहानमै पुगेर निरिक्षण गरेको बरेङ गाँउपालिका प्राबिधिक साखा प्रमुख ईन्जिनियर कृष्ण बहादुर थापाले बताउनु भयो ।

अनुगमनको क्रममा बाहिर मिडियामा आएजस्तो योजनामा लापर्बाहि नभएको बताउदै पहिरोले  खानेपानि योजनामा क्षति भएका कारण समस्या भएको उल्लेख गर्नुभयो  । रेडियो बिहानी सँग कुराकानि गर्दै थापाले बरेङको सल्लेरि सम्म बजेट र स्टिमेट अनुसारको कार्य भएको पाईएको बताउनुभयो । झुले बरेङ खानेपानि योजना सम्पन्न गर्नकालागी नेपाल सरकारको अर्थ मन्त्रालयको बिशेष अनुदानमा ७५ लाख बजेट बिनियोजन भएको मा केपी कन्ट्रक्सन पोखराले ५१ लाख ४ हजार ९ सय ११ रुपैया ३४ पैसामा ठेक्का सम्झौता गरेर निर्माण को जिम्मा लिएर कार्य सम्पन्न गरेको थियो ।

योजनाको २ लाख २१ हजार २ सय ३१ रुपैयाँ ९२ पैशा निरोध रकम कार्यलयले कट्टि गरेर राखेको छ ।त्यस्तै ८ लाख ८ हजार रकम बराबरको कार्यसम्पादन जमानत रहेको छ यसको म्याद ०७८ भदौ ३० सम्म रहेको छ भने त्रुटि सच्याउने अबधि ०७८ असार ३० सम्म रहेको ईन्जिनियर थापाले बताए ।

« बरेङमा अनलाईन व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी २ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न «

» सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal