दर्ता. न‌: २४५/०६५/०६६

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन

हुग्दिशिर । १३ आश्विन २०७७ । बरेङ गाउँपालिका बागलुङले गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका लागि कार्यविधि तयार गरेको छ ।

गाउँकार्यपालिकाबाट आइतबार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ स्वीकृत भएको छ 

बरेङ गाउँपालिका भित्रका सार्वजनिक शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक तथा विद्यार्थीको रोजाइ र सिकाइको केन्द्र बनाउन यस्तो कार्यक्रम थालिएको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । 

समृद्ध गाउँपालिका निर्माणको आधार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार भन्ने नारालाई  सार्थक तुल्याउन गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

गाउँपालिका र विद्यालयबीच साझेदारीमा रहने कार्यक्रम अन्र्तगत काम गर्न इच्छुक सामुदायिक विद्यालयहरुलाई बढीमा २ लाख रुपिया सम्मको प्रस्ताव आह्वान गरिएको, आर्थिक वर्ष २०७७–७८ भित्रै कार्यसम्पन्न गर्ने, कार्यक्रममा दोहोरोपना नहुने र शिक्षण सिकाइलाई प्रत्यक्ष सहयोग पु¥याउने प्रकृतिका प्रस्ताव प्रक्रिया पुरा गरि मिति २०७७ असोज २५ भित्र शिक्षा तथा युवा शाखामा लिनका लागि अनुरोध गरिएको शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले जानकारी गराउनुभयो ।

कार्यक्रमका लागि सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुर्नसंरचना, सामुदायिक विद्यालयमा सुरक्षित घेराबार, खेलमैदान निर्माण, शुद्ध पिउने पानी तथा स्वच्छ हरित विद्यालय निर्माण जस्ता क्षेत्र तोकिएको र उक्त कार्यक्रम गाउँपालिकाको बढीमा ५० प्रतिशत र सम्बन्धित विद्यालयको कम्तिमा ५० प्रतिशत लागत साझेदारीमा संचालन हुने प्रशासकीय अधिकृत रमेश थापाको भनाइ रहेको छ ।

अध्यक्ष शैक्षिक सुधार कार्यक्रममा  पालिका उपाध्यक्षको अध्यक्षतामा ५ सदस्यीय मूल्याङ्कन तथा सिफारिस समिति र भौतिक पूर्वाधार समिति संयोजकको अध्यक्षतामा अनुगमन समिति बनाइएको गाउँपालिकाले बताएको छ ।

सामुदायिक विद्यालयलाई उपलब्ध गराउने अनुदान रकम पहिलो किस्ता ३० प्रतिशत र दोस्रो किस्ता कार्य सम्पन्न  भएपछि निकासा गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

« झुले बरेङ खानेपानि आयोजनाको स्थलगत अनुगमन «

» चन्द्रकोट गाउँपालिकाद्वारा विषयगत हाजिरी जवाफ रेडियो कार्यक्रम सञ्चालन हुँदै »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal