दर्ता. न‌: २४५/०६५/०६६

चन्द्रकोट गाउँपालिकाद्वारा विषयगत हाजिरी जवाफ रेडियो कार्यक्रम सञ्चालन हुँदै

दिपेन्द्र परियार,गुल्मी । २२असोज  ०७७। गुल्मीको चन्द्रकोट गाउपालिका र सामुदायिक रेडियो बिहानी को सहकार्यमा चन्द्रकोट का बिद्यार्थीहरुलाई लक्षित गरि बिषयगत हाजिरि जवाफ रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोरोना माहामारीको तिब्र सकसका माझ पालिका भित्रका कक्षा ४ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको सिकाई लाई निरन्तरता दिदै उनिहरुको प्रतिभा पहिचान गर्न र पढ्ने बानिको बिकास गराउन बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

यस अघि पालिकाले कोरोना माहामारीकै सन्दर्भमा बिभिन्न संचार माध्यम बाट रेडियो शिक्षा कार्यक्रम गर्नुका साथै  टोलटोलमा शिक्षक परिचालन गरि घर दैलो कार्यक्रम,पाठ्य पुस्तक बितरण तथा हाल पनि पालिकाभित्रका सम्पुर्ण शिक्षकलाई परिचालन गरि टोल टोलमा पुगेर बालबालिकाहरुलाई अध्यन अध्यापन गराईरहेका छन । पालिकाले गरेका बिभिन्न प्रयासहरु मध्ये अहिलेको रेडियो कार्यक्रम जिल्लामै नोलो प्रयास स्वरुप  शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको गाउपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले बताउनुभयो । 

कार्यक्रम हरेक हप्ताको २ दिन आइतबार र बुधबार साझ ६ः१५ देखि ७ बजे सम्म प्रसारण हुने रेडियो बिहानीका संयोजक लेखान्त पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा गुल्मीको चन्द्रकोट गाउपालिका भित्रका बिद्यालयमा अध्यनरत बिद्यार्थिलाई मात्र सहभागी हुन पाउने छन भने सहभागी मध्ये सबैभन्दा बढि अङक ल्याएर उत्कृट हुने बिद्यार्थिलाई पुरस्कारको समेत ब्यबस्था गरिएको चन्द्रकोट गाउपालिकाका शिक्षा अधिकृत नयनसिंह ठकुरीले बताउनुभयो ।

« सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन «

» बरेङका अग्नि पीडितलाई बरेङ बजार व्यवस्थापन समितिको राहत »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal