दर्ता. न‌: २४५/०६५/०६६

बरेङका अग्नि पीडितलाई बरेङ बजार व्यवस्थापन समितिको राहत

दिपेन्द्र परियार।बरेङ। २४ असोज ०७७।अग्नी पिडित बरेङ गाँउपालिका वडा न १ बास्कोटका रामकुमार बि क लाई बरेङ बजार समितीले राहत रकम प्रदान गरेको छ ।

बजार समितीका अध्यक्ष ललित पाध्या र सचिब कासीराम बिकको पहलमा बरेङ बजारमा रहेका स्थानिय ब्यापारी ,बुद्धिजिबी समाज सेवी , लगाएत बिभिन्न ब्यक्ति हरु बाट संकलन गरिएको नगद रु १० हजार १ सय २१ रुपैयाँ शनिबार प्रदान गरेको बजार ब्यबस्थापन समितीका अध्यक्ष ललित पाध्यले बताउनु भयो ।

त्यस्तै बरेङ बजार समितीका सचिब तथा स्थानिय ब्यापारि कासीराम बिकले १ पोका चामल १ किलो नुन १किलो दाल १ किलो चिनी १ लिटर खाने तेल गरेर रु १ हजार ९ सय २५ बराबरको खाध्यान्न सहयोग प्रदान गर्नुभएको छ । बुधबार साँझ भएको आगलागीका कारण  बिकको दुई तले कच्चि घर जलेको हो । आगलागीबाट झण्डै पाँच लाख रुपैयाँको क्षति भएको अनुमान छ ।

« चन्द्रकोट गाउँपालिकाद्वारा विषयगत हाजिरी जवाफ रेडियो कार्यक्रम सञ्चालन हुँदै «

» बराहकोट परेरिवाङ देउराली गल्कोट हुदै बाग्लुङ जोड्ने सडक शनिबार देखि सञ्चालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal