धुल्लुबाँस्कोटमा शुरु गरिएको एक घर एक धारा आयोजनाको काम तिव्र गतिमा, ७० प्रतिशत काम सम्पन्न ।
जिबन पौडेल, धुल्लुबाँस्कोट । ०३ भाद्र २०७५ । बरेङ्ग गाउँपालीका वडा नम्वर १ धुल्लुबास्कोटमा २ वर्ष अघि सुरु गरिएको एक घर १ धारा अयोजनाको काम तिव्र गतिमा संचलान भएको आयोजनाले जनाएको छ । नेपाल सरकार राष्ट्रिय खानेपानी तथा सरसफाई आयोजनाले सुरु गरेको पञ्चवर्षिय आयोजनामा एक घर एक धारा कार्यक्रम अन्तर्गत सो आयोजनाको काम थालीएको थियो ।
नेपाल सरकारको राष्ट्रिय आयोजनामा माउन्टेन कन्ट्रक्सन प्रालीले ठेक्कामा काम पुरा गर्ने गरी ठेक्का लिएको थियो । आयोजनाबाट साविकको धुल्लुबास्कोट गाविस वडा नम्वर ६,७ र ८ का करीव १ सय २५ घर धुरी लाभाम्वीत हुने उपभोक्ता समितिका अध्यक्ष छत्र थापाले जानकारी दिए । आयोजनाको लागी नेपाल सरकारको तर्फबाट ९९ प्रतिशत र उपभोक्ताहरुको तर्फबाट १ प्रतिशत श्रमदानमा सम्पन्न गरिनेछ ।
२०७३ सालमा सम्झौता गरिएको उक्त आयोजनको २०७६ सालमा सम्पन्न गरीने लक्ष्य लिएता पनि २०७५ भित्रै निर्माण कार्य सम्पन्न हुने ठेकेदार गरीराज प्रशाद तिवारीले जानकरी दिए । आयोजना सम्पन्न गर्न १ करोड ३५ लाख लागत लाग्ने बताइएको छ । अहिले नियमित २० जना श्रमीकले काम गरिरहेका आयोजनाका ठेकेदार गीरीराज प्रसाद तिवारीले जानकारी दिए ।
धुल्लुबास्कोटको झुले दुदुले खोला मुहानबाट पाइपलाइनमार्फत वितरण गरीने खानेपानीको लागी अहिले ठाउँठाउँमा कुलो खन्नुका साथै इनट्याङ्की , कलेक्सन चेम्वर, पाइप लिङ्क ८ किलो मिटर निमार्ण सम्पन्न भएको र बाकी काम जारी रहेको बताइएको छ ।
अहिले सम्म ७० प्रतिशत काम सम्पन्न गर्न ७१ लाख ८४ हजार ४० रुपैयाँ लागत लागेको बताइएको छ । ओख्रेनीमा ५० हजार लिटर र सोलथापामा २० हजार लिटरको ट्याङ्की निर्माण गर्न बाकी रहेको जिल्ला खानेपानी बागलुङका इन्जीनीयर जनकराज गौडेलले रेडियो बिहानीलाई बताए ।