अखिल नेपाल महिला संघ तंग्रामको प्रशिक्षण भेला सम्पन्न ।
२४ असोज २०७७ । तंग्राम । अखिल नेपाल महिला संघको प्रशिक्षण भेला सम्पन्न भएको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको धारा माध्यमिक विधालयमा शनिबार भेला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले सबै भन्दा बढी उत्पीडनमा रहेको महिला समुदाय आफ्नो मुक्तिका लागि झन बढी अग्रसर हुनु पर्ने बताउदै आमुल परिवर्तनका लागि अखिल नेपाल महिला संघमा आबद्ध हुन आव्हान गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लक्षमण पुन, जातीय समता समाज बागलुङका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टीका संगम बिक अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, अखिल नेपाल महिला संघका लालमति पुन लगायतले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले साविकको ९ वटै टोलमा प्रशिक्षण भेला आयोजना गर्न टोल समिति निर्माण गरेको छ । टोल नं १ मा माया पुन, २ मा कमला पुन, ३ मा शशिमाया थापा, ४ मा हिरा बिक, ५ मा मनरुपी थापा, ६ मा जुना थापा, ७ मा दिलमाया किसान, ८ मा गिता किसान र ९मा पुर्णकली पुनको संयोजकत्वमा टोल भेला आयोजक समिति गठन गरेको छ । कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णुकली थापाको अध्यक्षता, चन्द्रकला पुनको स्वागत मन्तव्य र पार्वती थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बराहकोट परेरिवाङ देउराली गल्कोट हुदै बाग्लुङ जोड्ने सडक शनिबार देखि सञ्चालन «
» बरेङका ६ संक्रमितले कोरोना जिते ःअब १ जना मात्रै होम आईसोलेसनमा »







