दर्ता. न‌: २४५/०६५/०६६

कालिगण्डकी करिडोरमा कार्यरत सैनिक हवल्दारको मृत्यु ,१ महिला सहित ५ जना पक्राउ

दिपेन्द्र परियार बरेङ।३० असोज ०७७। बागलुङको जैमिनी नगरपालिका ७ र ८ को सिमाना बेलबागरमा घाइते भेटिएका कालिगण्डकी करिडोरमा कार्यरत नेपाली सेनाका हवल्दारको उपचारका लागी लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ घर भएका ३५ बर्षका तोरणबहादुर थापाको शुक्रवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।

जैमिनी नगरपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने बेलबगरमा खोलाछेउमा थापा मगर अचेत अबस्थामा भेटिएका थिए । शुक्रबार बिहान अचेत अबस्थामा भेटेपछि उपचारकालागि उनलाई पोखरा पठाइएको थियो । अचेत र घाइते अबस्थामा भेटिएकोले उनीमाथी कुटपिट भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी निरिक्षक दिपक रिजाल सहितको टोली अनुसन्धानकालागि खटिएको छ । प्रहरीले अहिले सम्म स्थानीय ४ युवा र एक महिला गरी ५ जनालाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको रेग्मीले जानकारी दिए ।

« बरेङका ६ संक्रमितले कोरोना जिते ःअब १ जना मात्रै होम आईसोलेसनमा «

» जातीय समता समाज तंग्राम बागलुङकाे भेला प्रशिक्षण कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal