दर्ता. न‌: २४५/०६५/०६६

जातीय समता समाज तंग्राम बागलुङकाे भेला प्रशिक्षण कार्यक्रम सम्पन्न

४ कार्तिक २०७७। जातीय समता समाज काठेखाेला गाउँपालिका ४ तंग्राम  बागलुङकाे भेला तथा प्रशिक्षण  कार्यक्रम सम्पन्न भएकाे छ ।  

 राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापाले भेला उद्घाटन गर्दै राज्यबाट सबै भन्दा उत्पीडित र उपेक्षित दलित समुदाय अाफैमा सचेत नहुदाँ सम्म संबिधानमा उल्लेखित सिमित अधिकार पनि प्रयाेग गर्न नसक्ने दलित समुदायको वास्तविक मुक्ति सहि राजनैतिक अान्दोलनले मात्र सम्भव रहेकाे बताउदै सबै उत्पीडित समुदाय सक्रिय पुर्वक लाग्न अनुराेध गर्नु भयाे । 

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय पुर्बअध्यक्ष तथा राष्ट्रिय जनमाेर्चा राष्ट्रिय परिषद् सदस्य तिलक थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सचिव तथा काठेखाेला गाउँकार्यपालिका सदस्य टीका संगम बि.क., जातीय समता समाज बागलुङका सदस्य भिम बहादुर बि.क. लगायतले प्रशिक्षण दिनु भएकाे थियाे । 

 भेलाले भीम बि.क.काे अध्यक्षतामा ५ सल्लाहकार सहित १५ सदस्यीय जातीय समता समाज वडा समिति तंग्राम चयन गरेकाे छ । जसकाे उपाध्यक्ष लाल बहादुर किसान, सचिव शर बहादुर परियार, सहसचिव दिलमाया किसान, काेषाध्यक्ष सीता किसान सदस्यहरुमा लाेकेन्द्र बि.क., मनु बि.क., श्यामलाल बि.क., तारा बि.क., झक्कले बि.क., मनिलाल बि.क., तिखाराम किसान, जरसिह बि.क., गंगाराज बि.क. र टिकामाया बि.क. रहनु भएकाे छ । त्यस्तै   सल्लाहकारमा टिकासंगम बि.क., सस बहादुर बि.क., जित बहादुर सुनार र दुर्गा बि.क. रहनु भएकाे छ ।

राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल, जातीय समता समाज तंग्रामका सदस्य शर बहादुर परियारले शुभकामना मन्तव्य दिनु भएकाे कार्यक्रम वडा समिति तंग्रामका अध्यक्ष शस बहादुर बि.क.काे अध्यक्षता,  सदस्य सीता किसानकाे स्वागत मन्तब्य र भीम बि.क.काे सञ्चालनमा सम्पन्न भएकाे थियाे । 

« कालिगण्डकी करिडोरमा कार्यरत सैनिक हवल्दारको मृत्यु ,१ महिला सहित ५ जना पक्राउ «

» बरेङ मा १५ शैैयाको अस्थाई कोभिड अस्पताल तथा १० शैयाको प्राथमिक अस्पताल ः १३ कर्मचारी नियुक्तिका लागी २१ गते परिक्षा मिती तय »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal