बरेङ मा १५ शैैयाको अस्थाई कोभिड अस्पताल तथा १० शैयाको प्राथमिक अस्पताल ः १३ कर्मचारी नियुक्तिका लागी २१ गते परिक्षा मिती तय
दिपेन्द्र परियार।बरेङ।१९ कार्तिक ०७७।बरेङ गाँउपालिकामा १५ शैैयाको अस्थाई कोभिड अस्पताल तथा १० शैयाको प्राथमिक अस्पताल निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
हुग्दिशिर स्वास्थ्य चौकी स्तरोन्नतीका लागि केन्द्र सरकारले ८५ लाख र अस्थाई कोभिड अस्पताल निर्माणका लागी १० लाख रुपैया बजेट विनियोजन गरेपछि अस्पताल बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
पुर्बाधार निर्माण तर्फ हालको हुग्दिशिर स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न का लागी आबश्यक बेड खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार कर्मचारी आवास तथा औषधी भण्डारणका लागि बहुउद्देश्यीय भबन निर्माण गर्न उपलब्ध भएको जग्गामा अब अस्पताल बन्नेछ ।
बहुउद्देश्यीय भबन निर्माणको लागि तयारी गरेपनि विवाद भएपछि रकम फ्रिज भएको थियो । अब सोही स्थानमा अस्पताल निर्माण हुनेछ जसको लागि विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार भैसकेको उहाँले बताउनुभयो ।
यता बरेङमा प्राथमिक अस्पताल तथा अस्थायी कोभिड अस्पताल निर्माण हुने भएपछि गाउँपालिकाले कर्मचारी भर्नाको पक्रिया थालेको छ ।
बरेङ गाँउपालिकाले बिभिन्न स्वास्थ्य संस्थामा रिक्त रहेका पदपुर्तिका लागी १३ जना कर्मचारी करारमा भर्ना प्रक्रिया सुरु गरेको स्वास्थ्य शाखाका प्रमुख पुनले बताउनुभयो । त्यसका लागी पालिकाले डाक्टर १ जना स्टाफ नर्स ३ जना अनमी ४ जना अहेब ४ जना र कार्यलय सहयोगी १ जनाको आवेदन माग गरिसकेको उहाँको भनाई छ ।
माग भएका सबैपदमा गरी ३० जनाले आवेदन दिएको पालिकाले जनाएको छ । आबेदन दिएकाहरु हरुकालागी यहि कार्तिक २१ गते परीक्षा मिती तय भएको पुनले बताउनुभयो ।
« जातीय समता समाज तंग्राम बागलुङकाे भेला प्रशिक्षण कार्यक्रम सम्पन्न «
» एक घर एक महिला रोजगार कार्यक्रम मार्फत महिलालाई सक्रिय बनाउँदैः बरेङ गाउँपालिका »







