दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको चन्द्रकोट गाँउपालिकामा हाल सम्म १५ प्रतिशत योजना सम्झौता ः समयमानै योजनाहरु सम्पन्न गर्न कार्य तालिका नै बनाएर काम सुरु

दिपेन्द्र परियार ।२६ कार्तिक ०७७। गुल्मीको चन्द्रकोट गाँउपालिकाले हाल सम्म कुल योजना मध्ये १५ प्रतिशत योजना सम्झौता गरेको छ ।

आर्थिक बर्ष ०७७÷७८ मा असारे बिकासको अन्त्य गर्दै पालिका भित्र सञ्चालन हुने सबै योजनाहरु निर्धारित समयमा नै सम्पन्न गर्नका लागी गाँउपालिकाले कार्य तालिकानै बनाएर कार्यको थालनी गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनिले बताउनुभयो ।

अहिले सम्म गाँउपालिकामा छनोट भएका योजनाहरु मध्ये १० देखि १५ प्रतिशत योजनाहरुमा सम्झौता सम्पन्न भएको जानकारी दिदै मरासिनीले चालु आर्थिक बर्षको कार्यतालिका अनुसार यहि कार्तिक मसान्त सम्म योजनाहरुको उपभोक्ता समिती गठन गर्ने, मंसिर १५ सम्म योजनाको लगत अनुमान तयार पार्ने, मंसिर ३० सम्म सबै उपभोक्ता समितिलाई अभिमुखिकरण गर्ने र पुस १५ सम्म योजना हरुको सम्झौता गरिसक्ने र ०७८ को बैसाख १५ गते सम्म सबै योजना हरुको कार्य सम्पन्न गरिसक्ने गरि कार्य तालिका निर्माण गरेर कार्यन्वनको चरणमा गएको अधिकृत मरासिनिको भनाई छ ।

बर्षाका कारण उपभोक्ता समितीका पदाधिकारीहरु गाउपालिकामानै आएर योजना सम्झौता गर्दा झन्झट हुने तथा भौगोलिक दुरीका हिसाबले पनि टाढा हुने भन्दै यो आर्थिक बर्षमा सम्बन्धित वडा कार्यलयमा गाँउपालिकाका कर्मचारीहरु पुगेर  योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्न लागेको मरासिनीले बताउनु भयो ।

पालिका भित्र हुने जुनसुकै बिकास निर्माणका कार्यहरु गर्दा दिगो बिकासको नितीलाई गाँउपालिकाले आत्मसाथ गर्ने गरेको भन्दै बाताबरणिय प्रभाबको मुल्याङकन गर्दै गुणस्तरिय काम होस भनेर  गाँउपालिकाले नदि जन्य पदार्थ हरुको टेन्डर गर्नु भन्दा अगाडी आईई गर्ने कार्य अन्तीम चरण पुगेको छ । चन्द्रकोटमा सञ्चालन हुने गाँउपालिका ,वडा ,प्रदेश तथा केन्द्र सरकारबाट परेका कुल योजना हरु मध्ये कतिपय ठेक्का प्रक्रियामा गई सकेको तथा कतिपय जाने चरणमा रहेको भन्दै अहिले पालिकाले खानेपानिको समस्यालाई निर्मुल पार्नका लागी एक घर एक धाराको कार्य योजना तथा खरको छाना बिस्थापित गर्ने कार्ययोजना लाई प्राथमिकतामा राखेर कार्यन्वयन गर्न लागी परेको मरासिनीको भनाई छ ।

बर्षायाममा  वाढी पहिरोका कारण अबरुद्ध सम्पुर्ण सडकहरु सफा गरिसकेको बताउदै पालिकाले गत आर्थिक बर्षमा सम्पन्न हुन नसकेका योजनाहरु कार्तिक मसान्त तथा पुस मसान्त भित्र सम्पन्न गर्ने गरि कार्य अगाडी बढाएको प्रमुख प्रशासकिय अधिकृत मरासिनिले जानकारी दिनुभयो ।

« एक घर एक महिला रोजगार कार्यक्रम मार्फत महिलालाई सक्रिय बनाउँदैः बरेङ गाउँपालिका «

» बरेङ गाँउकार्यपालिकाको ४३औं बैठक सम्पन्न, बिबिध ४ प्रस्ताबहरु उपर बृहत छलफल तथा पारित । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal