बरेङ गाँउकार्यपालिकाको ४३औं बैठक सम्पन्न, बिबिध ४ प्रस्ताबहरु उपर बृहत छलफल तथा पारित ।
दिपेन्द्र परियार ।२६ कार्तिक ०७७। बागलुङको बरेङ गाँउकार्यपालिकाको ४३औं बैठक सम्पन्न भएको छ । मंगलबार सम्पन्न बैठकले बिबिध ४ प्रस्ताबहरु उपर बृहत छलफल गर्दै पारित गरेको छ ।
पारित प्रस्तावहरुमध्ये महेन्द्र माध्यमिक बिद्यालय वडा नं. ५ सुखौराको क्षतिको बिबरण संकलन गरी शिक्षा बिकास तथा निर्देशनालय पोखरामा पेश गर्ने, सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने सन्र्दभमा वडा नं. १ को लुग्रुङ र वडा नं. ४ को थप्लुङमा स्वास्थ्य सेवा बिस्तारका लागी स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने जसका लागि आबश्यक बजेट र जनशक्तीको ब्यवस्थापन गाँउपालिकाले गर्ने, ५ वटा प्रारम्भीक बाल बिकास केन्द्रहरु वडा नं. १ को ओख्रेनी तथा अर्लाङतुङ, वडा नं. २ को तङग्राम, बराहकोट प्रा.बि., तथा सर्बोदय माबिका निमित्त अनुमति दिने र आबश्यक बजेट तथा शौक्षिक सामाग्रीहरुको प्रबन्ध बिलाउने, शुरक्षित आवास कार्यक्रमका लागी संघीय सरकार बाट उपलब्ध १९६ घरधुरीका लागी ५० हजारका दरले अनुदान उपलब्ध गराउने रहेका छन् ।
नियमित निर्णय गर्नुपर्ने अन्य बिषयहरु सहित बिबिध बिषयहरुमा सौहार्द छलफल गर्दै सर्बसम्मतीमा निर्णय गर्दै बैठक पारित भएको प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताउनुभयो ।






