दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउकार्यपालिकाको ४१ औ बैठकले पास गरेका २ निर्णय २ महिना बितिसक्दा समेत कार्यन्वन प्रक्रियामा जान सकेनन ः स्थानियको समेत बेवास्ता

दिपेन्द्र परियार बरेङ ।२७ । कार्तिक ०७७ बरेङ गाँउकार्यपालिकाको ४१ औ बैठकले पास गरेका २ निर्णय अझैसम्म पनि कार्यन्वन हुन सकेका छैनन ।

बरेङ बजार र वडा न ४ थप्लुङमा कृषी संकलन केन्द्रस्थापना गर्ने निर्णय भएको झण्डै २ महिना बितिसक्दा समेत यो योजनाको कुनै पनि  प्रक्रीया अगाडी बढ्न सकेको छैन ।बरेङ बजारमा निर्माण गर्ने भनिएको कृषी संकलन केन्द्र स्थापना लागी बरेङ बजार ब्यबस्थापन समितीलाई जिम्मा दिएको वडा न १ का अध्यक्ष नरसिंङ पुनले बताउनुभयो ।

बरेङ बजार ब्यबस्थापन समितीका अध्यक्ष ललित पाध्यले अहिले सम्म कृषी संकलन केन्द्र निर्माणका लागी समिती समेत बनाउन नसकिएको भन्दै बिहानी बहुउद्धेशिय सहकारी को नजिकैको खाली स्थानमा बनाउने सरसल्लाह गरिएको त्यसकालागी गाँउपालिकाका प्राबिधिक लाई बोलाएको तर उहाँहरु नआएकाले कार्य अगाडी बढ्न नसकेको बताउनुभयो ।

बरेङ गाँउपालिकाका असिष्टेन सब ईन्जीनियर जुद्ध बहादुर पुनले अब तिहार पछि मात्रै कार्य अगाडी बढाउने बताउनुभयो ।

यता वडा न ४ थप्लुङमा निर्माण गर्ने भनिएको कृषी संकलन केन्द्रको समेत कुनैपनि प्रकृया अगाडी बढ्न नसकेको वडा अध्यक्ष लिल बहादुर खत्री ले बताउनु भयो खत्रीका अनुसार अहिले निर्माण गर्ने भनिएको स्थानमा धान बाली भएको ले योजना प्रक्रीया अगाडी बढ्न नसकेको हो । त्यसकालागी गाँउपालिकामा प्राबिधिक पठाउन भनेकोे भन्दै कृषकले लगाएको बालि भित्राएपछि मात्रै कार्य सुरु गर्ने खत्रीले बताए ।

 

त्यस्तै पालीकाको घर घर र टोल टोलमा पशु चौपाय बध गर्दा फोहोर र दुर्गन्ध फैलिएको भन्दै बरेङ गाँउपालिकाले बजार तथा टोल आसपासमा निश्चित ठाँउमा पशु पंक्षी बधशाला निर्माण गर्ने निर्णय भएको थियो  ।तर यो योजनापनि निर्णय मा मात्रै सिमित भएको छ ।

बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसिङ पुनले बरेङ बजारमा पशु पंक्षी बधशाला निर्माण गर्ने जिम्मा हिरा थापालाई दिएको बताउनुभयो ।हामिले हिरा थापा सँग बुझ्दा बधशाला निर्माणका लागी उचित ठाँउको अभाब भएको भन्दै ठाँउ निश्चित गर्ने बिषयमा नै बिबाद भएको हुदाँ कुनै पनि प्रक्रिया अगाडी बढ्न नसकेको बताउनु भयो ।

यि दुई योजनाका लागी बरेङ गाँउपालिकाले १३ लाख बजेट बिनियोजन गरको छ ।

« बरेङ गाँउकार्यपालिकाको ४३औं बैठक सम्पन्न, बिबिध ४ प्रस्ताबहरु उपर बृहत छलफल तथा पारित । «

» बरेङः विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, विद्यालयले समेत पाए नगद पुरस्कार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal