दर्ता. न‌: २४५/०६५/०६६

बरेङः विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, विद्यालयले समेत पाए नगद पुरस्कार

२७ कात्तिक २०७७ । बरेङ । बरेङ गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखाद्धारा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । “कोभिड १९ बाट सिर्जित बरेङ गाउँपालिकाको वर्तमान परिवेशमा वैकल्पिक शिक्षण सिकाइका उपायहरु” शीर्षकमा पालिकाभित्रका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुबीच बिहीबार गाउँपालिकाको कार्यालयमा प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न, कोभिडको समयमा सिकाइलाई निरन्तरता र प्रभावकारिता बनाउन, विद्यालयको नमुना प्रस्तुत गर्न, विद्यालयलाई निरन्तर अनिवार्य अतिरिक्त क्रियाकलापका लागि बाटो निर्देश गर्न, पुरस्कारसँग मात्र सम्बन्धित नभएर विद्यार्थीलाई व्यवहारिक ज्ञानआर्जन र बोल्नका लागि सक्षम बनाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा युवा खेलकुद शाखाले बताएको छ ।

प्रतियोगितामा छात्रा तर्फ ९ विद्यालयको सहभागिता मध्ये भृकुटी माध्यमिक विद्यालय हुग्दिशिरकी शारदा गिरी प्रथम, शारदा माध्यमिक विद्यालय बाटाकाचौरकी मञ्जु क्षेत्री द्धितीय र पुरुषोदय माध्यमिक विद्यालय हुग्दिशिरकी कला शर्मा तृतीय भएका छन् भने छात्र तर्फ ८ विद्यालयको सहभागिता मध्ये पुरुषोदय माध्यमिक विद्यालय हुग्दिशिरका सुमन क्षेत्री प्रथम, महेन्द्र माध्यमिक विद्यालय सुखौराका विजय खत्री द्धितीय र भृकुटी माध्यमिक विद्यालय हुग्दिशिरका हेमराज ढकाल तृतीय भएका छन् ।

विजेतामध्ये प्रथम हुनेलाई नगद ६ हजार, एटलस र प्रमाणपत्र, द्धितीयलाई नगद ५ हजार, रेपिडेक्स पुस्तक र प्रमाणपत्र, तृतीय हुनेलाई नगद ४ हजार, एस्से पुस्तक र प्रमाणपत्र दिइएको छ भने प्रथम हुने दुई विद्यालयलाई ५÷५ हजार नगद प्रमाणपत्र, द्धितीय र तृतीय हुने विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरिएको शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले बताउनुभयो ।

वैकल्पिक शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आजको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा विद्यार्थीले दिएका सुझावले आगामी शैक्षिक नीति तथा कार्यक्रमको लागि थप मार्गदर्शन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । कार्यक्रम हार र जीतको लागि मात्र नभएर शैक्षिक गतिविधिमा विद्यार्थीको सहभागितालाई सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको अधिकृत थापाको भनाई छ ।

कार्यक्रम शिक्षा अधिकृत सुर्यप्रसाद शर्माको संयोजकत्वमा स्रोत व्यक्ति यज्ञप्रसाद न्यौपाने र रोजगार संयोजक केशबराज क्षेत्रीको मुल्याङ्कन पालिका अध्यक्ष दिलकुमारी पुनको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको मन्तव्य र शिक्षा शाखाका प्राविधिक सहायक विष्णु न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बरेङ गाँउकार्यपालिकाको ४१ औ बैठकले पास गरेका २ निर्णय २ महिना बितिसक्दा समेत कार्यन्वन प्रक्रियामा जान सकेनन ः स्थानियको समेत बेवास्ता «

» बरेङ बाग्लुङ चल्ने सबारी २७ कि.मीको भाडा १ हजार,सरोकारवाला निकाय बेखबर »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal