बरेङ बाग्लुङ चल्ने सबारी २७ कि.मीको भाडा १ हजार,सरोकारवाला निकाय बेखबर
दिपेन्द्र परियार बरेङ।२८ कार्तिक ०७७।बरेङ देखि जिल्ला सदरमुकाम बाग्लुङ चल्ने सबारी साधनले मनपरि भाडा असुलेका ब्यापक जनगुनासो रहेको छ ।
सबारी साधनले जनताको ढाड सेक्ने गरि भाडा असुल्दै गर्दा सम्बन्धीत निकाय तथा सरोकार वाला ब्यक्तिहरु भने बेखबर रहेको पाईएको छ ।
बरेङ बजार देखि गाँजाको दह हुदै बाग्लुङ पुग्न जम्मा २७ किलोमिटर दुरीे तथा बरेङ कुस्मीसेरा हुदै बाग्लुङ ३१ किलोमीटर दुरीको भाडादर भने १ हजार लिने गरेका बरेङ देखि बाग्लुङ जादै गरेका यात्रु अनिल थापाले बताउनुभयो ।
निजी सवारी हरुले लिन्छन नै तर धौलागीरी कालिका यातायात कम्पनि मार्फत सञ्चालन हुने जिपले समेत सोही दरमा धमाधम यात्रु ओसार पसार गरिरहेका छन ।
सुरुवाती चरण देखि धौलागीरी जिप ब्यबसायी समिती बरेङ साखा कार्यलयका सञ्चालक तथा बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुनले नागरिकले निजी पिकअपले मनपरि भाडा असुल्दा केहि नबोल्ने तर समिती मार्फत चलेका जिपले लिने भाडाको बिषयमा नागरीकले सधै गुनासो गर्ने गरेको बताउनु भयो ।
बरेङ बाग्लुङ छुट्ने गाडीको भाडादर बिगतमा केहि समय समायोजन पनि भएको तर हाल आएर पुन चर्को भाडादर लिईरहेको भन्दै समितिले बरेङ बाग्लुङको भाडादर ५ सय तोकिएको र त्यो भन्दा बढि रकम लिन नहुने र यात्रुहरुलाई पनि ५ सय भन्दा बढि भाडा नदिन आग्रह गर्नुभयो । बर्षेनी राज्यले बाटो सुधार मा करोडौ रुपैया खर्च गरेको भन्दै पुनले बाटो पनि पहिलेको तुलनामा धेरैनै सजिलो भएको पुनको भनाई छ तर भाडाको बिषयमा भने आफुले पनि १ हजारनै तिर्नुपरेको स्मरण गदै पुनले गाडि चालकले बर्खा तथा बाटो अप्ठ्यारो भएको बाहनामा नागरिकलाई लुटिरहेको बताउनुभयो ।
ईलाका प्रहरी कार्यलयका प्रमुख दानबहादुर केसीले समिती र सरोकारवाला निकाय र नागरीकहरुको संयुृक्त बैठक राखेर भाडा समायोजन गरिने बताउनु भयो ।
धैलागीरी कालिका यातायात प्रालिका अध्यक्ष बिष्णु प्रसाद अधिकारीले बरेङ बाग्लुङको भाडादर १ हजार अत्याधिक महंगो भएको भन्दै बढि भाडा असुल्ने गाडिलाई तुरुन्तै कार्बाहीगर्ने बताउनु भयो । अधिकारीले अहिलेको अबस्थामा कुनैपनि बाहनामा बढि भाडादर लिन नपाउने भन्दै बढी भाडा लिने सबारी धनि काबार्हिको भागीदार बन्नु पर्ने बताउनु भयो ।
यो रुटमा सवारी २०७३ बैसाख २४ गते बाट सञ्चालन भएको हो । सञ्चालन भएको सुरुवाति दिन देखिनै चर्को भाडादर लिएर नागरिकलाई ब्रहम्मलुट गर्दै आएको भन्दै बरेङ बाग्लुङ सञ्चालन हुने सबारीहरुको ब्यापक आलोचना हुदै आईरहेको छ ।
« बरेङः विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, विद्यालयले समेत पाए नगद पुरस्कार «
» चन्द्रकोट यातायातको काउन्टर क्याम्पसचोक बरेङमा, लोकप्रिय बन्दै सेवा प्रबाह »







