चन्द्रकोट यातायातको काउन्टर क्याम्पसचोक बरेङमा, लोकप्रिय बन्दै सेवा प्रबाह
दिपेन्द्र परियार । १० मंसिर ०७७ । गुल्मीको चन्द्रकोट यातायात कम्पनिले मंगलबार बरेङ बजारस्थित काउन्टर ब्यबस्थापन गर्नुका साथै सेवा प्रबाहको अनुगमन गरेको छ ।
चन्द्रकोट यातायात कम्पनीका अध्यक्ष कमल के.सि उपाध्यक्ष सुवास के.सी सहितको टोलीले बरेङ बजार स्थीत काउन्टरको ब्यबस्थापन गर्नुका साथै सेवाको अनुगमन गरेको हो ।
बिगत दुई बर्ष देखि गुल्मी र बाग्लुङका बिभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर यातायात सेवा प्रबाह गरिरहेको चन्द्रकोट यातायात कम्पनी पछिल्लो क्रममा बरेङमा निकै लोकप्रिय बन्दै गैरहेको छ । आम सेवाग्राहि नागरिकको सुवीधालाई ध्यानमा राखेर अब देखि बरेङबजार क्याम्पस चोकमा रहेको साईमन्ड रेष्टुरेण्टमा काउन्टर स्थापना गरेको कम्पनिका अध्यक्ष कमल केसिले बताउनु भयो ।
कोरोना संक्रमणको कहरका माझ यात्रुहरुको स्वास्थ सुरक्षालाई मध्येनजर गर्दै कम्पनिमार्फत सञ्चालन हुने प्रतेक गाडिमा माक्स सेनिटाईजर लगाएत ब्यक्तिगत स्वास्थय सुरक्षाका साधनहरुको समेत ब्यबस्था गरिएको केसिको भनाई छ ।
यो कम्पनिले हरेक दिन बिहान ७ः३० बजे बरेङ देखि बुटवल र सोहि समयमा बुटवल देखि बरेङ बोलेरो जिप छुटाई रहेको उपाध्यक्ष सुवास केसीले बताउनु भयो । केसिका अनुसार गुल्मीको शान्तिपुर देखि मजुवा ,वामी ,हाडिखोला हुदै बाग्लुङको गल्कोट हटियामा पनि निरन्तर बोलेरो जिप मार्फत दैनिक सेवा प्रबाह गरिरहेको छ ।
« बरेङ बाग्लुङ चल्ने सबारी २७ कि.मीको भाडा १ हजार,सरोकारवाला निकाय बेखबर «
» चन्द्रकोट गाँउपालिका शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवने शिलान्यास »







