चन्द्रकोट गाँउपालिका शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवने शिलान्यास
दिपेन्द्र परियार १० मंसिर ०७७ । गुल्मीको चन्द्रकोट गाँउपालिका शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवन शिलान्यास गरिएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले एक कार्यक्रमका बिच भबनको शिलान्यास गर्नुभएको हो ।
द्धन्दकालमा पुर्ण रुपमा भबन बिश्थापित भए पछि अहिले भाडाको सामान्य घर बाट कार्यलय सञ्चालन हुदाँ सेवा प्रबाहमा अत्यन्तै समस्या भएको भन्दै यो भबन निर्माण पछि सहज हुने चन्द्रकोट गाँउपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले बताउनु भयो ।
चन्द्रकोट गाँउपालिकाको बिशेष पहलमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेट ब्यबस्थापनमा तुलसीभक्त अर्जुन बिल्डर्स जेभि कम्पनी बालकुमारी ललितपुरले २ करोड ८२ लाख २४ हजार ५ सय ६७ रुपैयामा भबन निर्माणको ठेक्का सम्झौता गरेको चन्द्रकोट गाँउपालिकाका अध्यक्ष खत्रीले बताउनु भयो ।
हाल रहेको पुरानो भबन स्थलमा नै नयाँ भबन निर्माण २०७८ असार २५ सम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको छ ।
कार्यक्रममा गुल्मी जिल्ला प्रहरी उपरिक्षक प्रबिणलाल श्रेठ,चन्द्रकोट गाँउपालिका का अध्यक्ष द्रोण खत्री,प्रमुख प्रषाशकिय अधिकृत अनन्तपाणी मरासिनी,उपाध्यक्ष राधिका अर्याल, उद्योग बाणिज्य सँघ शान्तिपुर का जिबनमान श्रेठ, सामुदायिक बिद्युतिकरणका ढाँचानन्द शर्मा लगाएत सम्पुर्ण पार्टि प्रतिनिधी हरु लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सुचना अधिकारी शिब ज्ञवालीले गर्नुभएको हाम्रा चन्द्रकोट संबाददाता राजु बिकले बताए ।
« चन्द्रकोट यातायातको काउन्टर क्याम्पसचोक बरेङमा, लोकप्रिय बन्दै सेवा प्रबाह «







