दर्ता. न‌: २४५/०६५/०६६

बरेङका युवाहरु ब्यबसायिक बाख्रापालन तर्फ आकर्षित

दिपेन्द्र परियार १० मंसिर ०७७ ।बरेङ गाँउपालिकाका युवा बाख्रा पालन तर्फ आकर्षित हुनथालेका छन ।

बाख्रापालन बाट निकैराम्रो आम्दानी हुने भएपछि यहाँका युवाहरु ब्यबसायिक बाख्रापालन तर्फ आकर्षित भएको बरेङ गाँउका बाख्रा पालक युवाकृषक सुर्य थापाले बताउनु भयो । 

साढे ३ बर्ष खाडी मुलुकमा बिताउनु भएका थापाले प्रदेसमा बगाउने पसिनाले आफ्नै गाँउठाँउमा मनग्गे आम्दानि हुने सोचेर बाख्रापालन ब्यबसाय तर्फ लागेको बताउनुभयो ।

७ लाखको लगानीमा आधुनिक ब्यबस्थीत खोर निर्माण गरेका थापा सँग अहिले विभिन्न प्रतिशतका बोयरजातका २५ माउ बाख्रा तथा  खसी ,बोका रहेका छन  ।

अहिले सम्म बार्सिक २ लाख आम्दानी गर्दै आईरहेका थापाले अब भने आम्दानि बढ्ने बताउनु भयो ।

सुरुमा सानो लगानी बाट पनि बाख्रा पालन गर्न सकिने भन्दै त्यहि बाख्राको पाठापाठी बेचेर ब्यबसायलाई थप बढाउदै नियमित आम्दानी गर्न सकिने थापाको भनार्ई छ । 

बाख्रा पालनमा अन्य उत्पादित सामाग्रीको जस्तो बजारको समस्या नहुने भन्दै खसि बोका खोज्न ग्राहकहरु बाख्रा पालक कृषकको खोर सम्मै पुग्ने गरेका छन । थापाले आफुसँग भएका मध्ये बोयर जातको बोका २५ प्रतिशत को स्थानिय दर भाउमा, ५० प्रतिशतको प्रतिकेजी १२ सयमा, ७५ प्रतिशतको बोयर बोका १८ सय प्रतिकेजीमा र ८७ प्रतिशतको बोयर बोका २३ सय रुपैयाँ प्रतिकेजीमा सजिलै बिक्री भैरहेको बताउनु भयो ।

बिदेशमा लाखौ रकम खर्चेर अरुको नोकर बन्न जाने पैशा गाँउमै लगानी गर्नेहो भने प्रदेशमा भन्दा गाँउमा आफै मालिक बनेर राम्रो आम्दानी गर्न सकिने थापाको बुझाई छ ।   

गाँउमै केहि गर्छु भनेर लागी परेमा अहिले राज्यका निकायबाट पनि थोरैधेरै सहयोग हुने सुनाउदै थापालाई पनि गण्डकी प्रदेस सरकार बाट २ लाख पचास हजार नगद अनुदान तथा गाँउपालिकाको पशुसेवा साखा कार्यलयले घास ,औसधी लगाएतमा सहयोग गरेको बताउनु भयो ।

बिदेशमा १२ घण्टा निरन्तर खटिदा महिनाको २० ÷२५ हजार मात्रै कमाउन सक्ने तर यो ब्यबसायमा ८ घण्टा मात्रै काम गरेपनि ४० देखि ४५ हजार कमाउन सकिने थापाको अनुभब छ । 

थापा मात्रै होईन बरेङमा उहाले जस्तै अन्य युवाहरुपनि बाख्रा पालन ब्यबसाय तर्फ आर्कर्षित हुन थालेका छन ।लामो समय राजनिति र समाजसेवामा लागेका बरेङ गाँउपालिका २ सिग्दीका युवा हिरा पुन पनि अहिले ब्यबसायिक बाख्रा पालन गर्ने सोचमा लाग्नुभएको छ ।

३ बर्ष रोजगारीका लागी मलेसियामा जानुभएका पुन त्यहाँ सोचेजस्तो कमाई नभएपछि गाँउमै फर्केर आउनु भयो गाँउमा बेरोजगार जस्तै भएर समय बिताउनु भन्दा बाख्रा पालनमा राम्रो आम्दानि हुने देखेर यो ब्यबसाय गर्न लागी परेको पुनले बताउनु भयो ।

पुनका अनुसार बाख्रा पालनको लागी प्रसस्त चरण क्षेत्रपनि रहेको र गाँउमै प्रसस्त पाखा पखेरा रहेकोले यो ब्यबसाय गर्न थप सहज हुने पुनको बुझाई छ ।

अहिले उहाँ बाख्रा पालनका लागी आबस्यक खोर निर्माणको चरणमा हुनुहुन्छ ।राम्रो सँग यो ब्यबसाय गरेमा राज्यका निकायबाट अनुदानपनि प्राप्त हुने तथा यत्तैकै बाँझो बनेर खेर गैरहेका पाखापखेरा हरुको पनि सदुपयोग हुने भएकोले बाख्रा पालन ब्यबसाय अन्य ब्यापार ब्यबसाय भन्दा सजिलो बजारको पनि समस्या नहुने र निरन्तर आम्दानीको स्रोत बन्ने हुदाँ यो ब्यबसाय तर्फ आर्कर्षित भएको पुनले बताउनुभयो । 

अहिले बरेङ गाँउपालिकामा ५० माउमाथी बाख्रा पालेका ११ जना, २० माउ माथी ४३ जना कृषकले ब्यबसायीक बाख्रापालन गर्दै आईरहेका छन भने ८० प्रतिशत घर धुरीले बाख्रापालन गरिरहेको पशुसेवा साखा कार्यलय बरेङका प्रमुख नारायण पौडेलले बताउनुभयो । 

« चन्द्रकोट गाँउपालिका शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवने शिलान्यास «

» बरेङ गाँउपालिका १ धुल्लुबास्कोटमा महिला सचेतनाका लागी अभिमुखिकरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal