बरेङ गाँउपालिका १ धुल्लुबास्कोटमा महिला सचेतनाका लागी अभिमुखिकरण
दिपेन्द्र परियार १० मंसिर ०७७ ।बरेङ गाँउपालिका वडा न १ धुल्लु बास्कोटमा महिला सचेतनाका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्न प्रसाद शर्माले महिलाको विकासको लागि सामाजिक, आर्थिक, नैतिक रुपले सक्षम गराउनुपर्नेमा जोड दिनु भयो । महिलालाई सक्षम बनाउन सर्वप्रथम घर परिवारबाटै सहयोग गर्नुपर्ने भन्दै शर्माले घर परिवारबाटको सहयोगले महिला जुनसुकै तह र तप्कामा पनि पुग्न सफल हुने बताउनुभयो । उपाध्यक्ष डिलकुमारी पुनले महिला सशक्तिकरणको लागि महिला नै जागरुक हुनुपर्ने भन्दै कुनै पनि काममा महिला भनेर पछि नहटिकिन अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रषाशकिय अधिकृत रमेश थापाले महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवलम्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालनगरेको बताउदै, बिभेदकारी कानुनहरू हटाई हरेक तह र तप्कामा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई बृद्धि गर्न यस्ता खालका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमको अबसरमा ५ जनाको धुल्लुबास्कोट महिला उत्थान समिती गठन गरिएको छ जस्मा अध्यक्ष मनरुपी थापा,सचिब पेमा थापा,कोषाध्यक्ष धना थापा,सदस्यहरुमा रमा घर्ति,देबि शर्मा रहनु भएको छ ।
कार्यक्रमको सहजीकरण बरेङ गाँउपालिकाका प्रमुख प्रषाशकिय अधिकृत रमेस थापा ,स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुन सहायक महिला बिकास निरिक्षक निसा गिरि,वडा सचिब बिष्ण्ु चालिसे ,र पत्रकार प्रकास छन्त्यालले गर्नुभएको थियो ।
कार्यक्रममा धुल्लु बास्कोटका स्थानीय महिला दिदीबहिनीहरुको सहभागिता थियो ।
बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतित्थ्यता वडा न १ का सचिब बिष्णु चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको वडा सदस्य छत्र बहादुर थापाले बताउनु भयो ।
« बरेङका युवाहरु ब्यबसायिक बाख्रापालन तर्फ आकर्षित «
» चित्रे, नुनथला, ठुलापोखरा जोड्ने मोटरबाटो निर्माण सम्पन्न »






