दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा सय जना ले सय दिन काम गर्ने

दिपेन्द्र परियार १२ मंसिर ०७७ चालु आर्थिक बर्षमा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा बरेङ गाँउपालिका का सुचिकृत बेरोजगार मध्ये  सय जना ले  सय  दिन काम गर्ने भएका छन ।

यो कार्यक्रम सञ्चालनका लागी बरेङ गाँउपालिकाको वडा न ४ सल्यान र वडा न ५ सुखौरामा योजना सर्बेक्षण भएको छ । श्रमतथा रोजगार मन्त्राल अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशन अनुसार सल्यान र सुखौरामा योजना सर्बेक्षण भैसकेको र अब तत्काल सम्झौता गरेर काम सुचारु हुने बरेङ गाँउपालिका रोजगार सेवा केन्द्रका प्रमुख केसबराज क्षेत्रीले बताउनु भयो ।

सुखौरामा शौचालय निर्माण, बिद्यालय पर्खाल निर्माण तथा चौतारी निर्माण कार्य मा श्रमिकहरु लाई काम लगाईने छ भने सल्यानमा गोरेटो बाटो निर्माण ,सिंचाई तथा खानेपानि योजना मर्मत साथै वडा कार्यलय मर्मत कार्य हुने केन्द्र प्रमुख क्षेत्रीको भनाई छ ।

वडा न ५ सुखौरामा ५ लाख १७ हजार बराबर बजेटमा १० जनाले र सल्यानमा ५ लाख ६८ हजार ७ सय बजेट मा ११ जनाले  १०० दिन रोजगार पाउने छन । बाँकी रहेका अन्य वडा हरुमा पनि लगत्तै कार्य सुरु गरिने रोजगार सेवा केन्द्रले जनाएको छ ।

चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागी बरेङ गाउपालिकाम ससर्त अनुदानमा ५१ लाख ७० हजार बजेट प्राप्त भएको छ ।

« चित्रे, नुनथला, ठुलापोखरा जोड्ने मोटरबाटो निर्माण सम्पन्न «

» बरेङमा कोभिड र आधारभुत अस्पतालको उद्घाटन तथा शिलन्यास । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal