बरेङमा कोभिड र आधारभुत अस्पतालको उद्घाटन तथा शिलन्यास ।
१५ मंसिर २०७७, बरेङ । बरेङ गाउँपालिकामा अस्थाई कोभिड–१९ अस्पतालको उद्घाटन तथा आधारभूत अस्पतालको शिलन्यास गरिएको छ । बरेङ बजारमा अवस्थित हुग्दिशिर स्वास्थ्य चौकीको प्राङगणमा सोमबार आयोजित एक कार्यक्रमका बिच गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले छुटछुट्टै दुई अस्पतालको उद्घाटन तथा शिलन्यास गरेका हुन् ।
संघीय सरकारको १० लाख रुपैयाँको लागतमा पाँच शैयाको अस्थाई कोभिड–१९ अस्पताल बनाईएको छ भने १० करोड ८३ लाख ३६ हजार रुपैयाँको लागतमा बहुबर्षिय योजनाका साथ निर्माण हुन लागेको १० शैयाको आधारभुत अस्पतालको यस बर्ष ८५ लाख रुपैयाँ बराबरको अस्पताल पुर्वाधार निर्माण गरिने बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले बताए । अस्पताल बाट २ चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर पुन, नेकपाका झोमबहादुर थापा र नेपाली काँग्रेसका क्याप्टेन कलाधर थापाले बोलेका थिए ।
बरेङ गाँउपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक नरबहादुर बि.क. को अध्यक्षता रहेको कार्यक्रम गाँउपालिकाकी उपाध्यक्ष डिलकुमारी पुनको स्वागत तथा जनस्वास्थ्य निरिक्षक पदमबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङमा सय जना ले सय दिन काम गर्ने «
» नेकपा बरेङका युवा नेता थापा मगरद्धारा बरेङ गाँउपालिका लाई बिबिध स्वास्थ्य सामाग्री हस्तान्तरण »







