नेकपा बरेङका युवा नेता थापा मगरद्धारा बरेङ गाँउपालिका लाई बिबिध स्वास्थ्य सामाग्री हस्तान्तरण
दिपेन्द्र परियार १६ मंसिर ०७७ । नेपाल कम्युन्ष्टि पार्टि नेकपा बरेङका अध्यक्ष एबं युवा नेता प्रदिप थापा मगरले बरेङ गाँउपालिका लाई बिबिध स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
सोमबार बरेङ गाँउपालिकाको कार्यलय सुदालामा एक कार्यक्रमको आयोजना गरि स्यानिटाईजर १५ लिटर, माक्स ६ सय थान, ज्वरो नाप्ने थर्मलगन २ थान ,पिपिई ५ सेट, बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा तथा प्रमुख प्रषाशकिय अधिकृत रमेस थापालाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेता थापा मगरले कोभिड १९ बिस्वब्यापि रुपमा फैलिरहेको अबस्थामा गत असारमा परेको आफ्नो जन्मदिनको अबसरमा बरेङका वडा न ३ बाटाकाचौर वडा न ४ सल्यान र वडा न ५ सुखौरामा स्वास्थ्य सामाग्री बितरण गरिसकेको बताउदै बाँकी रहेका २ वडा र गाँउपालिका कार्यलयका लागी अहिले सामाग्री उपलब्ध गराएको बताउनु भयो ।
आफुले स्थानिय सरकारलाई यो अप्ठ्यारो परिस्थीतीमा राहत होस भनेर सहयोग गरेको भन्दै आगामी दिनमा पनि पालिकालाई आफुले सधै सहयोग गर्ने थापाको भनाई छ ।......
कार्यक्रममा बरेङ गाँउपालिकाका अध्यक्ष किस्न प्रसाद शर्माले बिपदको समयमा सबै एकजुट भएर लाग्नु पर्ने भन्दै बरेङ गाँउपालिकालाई प्राप्त हुने राहतलाई पार्दर्सि र समानुपातिक तरिकाले ब्यबस्थापन र बितरणका का लागी एक द्धार प्रणालि लागु गर्दा केहि समस्या जस्तो देखिएको भन्दै आफ्नै तरिकाले राहत बितरण गर्दा गलत ब्यक्तिहरुले ब्यक्तिगत फाईदा उठाउने सम्भाबना हुने भन्दै एकद्धार प्रणाली मार्फत बितरणको योजना ल्याएर कार्यन्वन गरिरहेको बताउनु भयो । शर्माले बिपदको समयमा थापाले गरेको सहयोगको प्रसंसा गर्दै बरेङ गाँउपालिका को तर्फ देखि हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो ।......
कार्यक्रममा प्रमुख प्रषासकिय अधिकृत रमेस थापाले समुदाय परिवर्तनका लागी युवानेता थापाजस्तै अन्य राजनैतिक दलका नेतृत्व पंतिबाट भएको सहयोग उदाहरणीय कार्य गरेको भन्दै थापाले गरेको योगदानको उच्च मुल्याङकन गरिएको बताउनु भयो ।
कार्यक्रममा जन प्रतिनिधि, बिभिन्न राजनैतिक दलका पार्टि प्रतिनिधि,संघसस्थाका प्रतिनिधी साथै कर्मचारीहरुको सहभागीता रहेको थियो ।
बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा को अध्यक्षता,नेकपा बरेङ गाँउकमिटी अध्यक्ष तथा जिल्ला सदस्य प्रदिप थापा मगरको प्रमुख आतिथ्यता ,प्रमुख प्रसासकिय अधिकृत रमेस थापाको बिशिष्ट आतिथ्यता,नेकपा बरेङ गाँउकमिटिका सचिब प्रेम प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।







