चौरासी पुजामा संकलित रकम बिद्यालयलाई हस्तान्तरण
दिपेन्द्र परियार १७ मंसिर ०७७ । बरेङ गाउँपालिका,३ बाटाकाचौर,का एक ब्यक्तिले आफ्नो चौरासी पुजामा संकलित रकम बिद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
बाटाकाचौर चौरका रुक बहादुर गौतमले आफ्नो चौरासी पूजा मा तुला दान गरिएको रकम रु १७ हजार सोही ठाँउको ज्ञानोदय आधारभूत विद्यालय लाइ विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी भन्दै हस्तान्तरण गर्नुभएको हो ।
बिद्यालयका प्राधानध्यापक मदन बहादुर काकिृका अनुसार समाजसेवी रूक बहादुर गौतम,उहाँकी श्रीमती खिम कला गौतम र छोरा रेशम गौतम, चित्र बहादुर गौतम, बुहारी विष्णु गौतम, नातिनी सरिता गौतम लगाएत गौतम परिवार स्वमं उपश्थिति भएर तुला दान बापतको रकम बिद्यालयलाई उपलब्ध गराउनु भएको हो ।
यो कार्य साँच्चिकै समाज र अन्य व्यक्ति को लागि उदाहरणीय भएकोे भन्दै रकम बाट दीर्घ कालसम्म चलाउने गरि ज्ञानोदय चौरासी कोष स्थापना गरी शैक्षिक गुणस्तर सुधार मा लगाउने योजना रहेको बताउदै गौतम परिवार प्रति सम्मान सहित हार्दिक आभार व्यक्त गरेको प्रधानध्यापक मदन बहादुर कार्कीले बताउनु भयो ।
« नेकपा बरेङका युवा नेता थापा मगरद्धारा बरेङ गाँउपालिका लाई बिबिध स्वास्थ्य सामाग्री हस्तान्तरण «







