प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बरेङलाई ६५ लाख ६६ हजार रकम थप, २२७ जनाले १०० दिन रोजगार पाउने
दिपेन्द्र परियार १७ मंसिर ०७७ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बरेङ गाउँपालिकालाइ ६५ लाख ६६ हजार रकम थप भएको छ । यो सङ्गै बरेङ गाउँपालिकामा २२७ जनाले १०० दिन रोजगार पाउने भएका छन् ।
सबै वडामा पहिलो चरणको बजेट्को काम सुरु भएपछी दोस्रो चरणमा प्राप्त बजेटको काम सुरु हुने बरेङ गाँउपालिकाका रोजगार सेवाकेन्द्र प्रमुख केशबराज क्षेत्रीले बताउनुभयो ।
कुल सुचिकृत १ हजार ३ सय ५४ बेरोजगार मध्ये अहिले प्राथमिकिकरणको आधारमा निम्न वर्गीय परिवारका २२७ जनाले रोजगार पाउने क्षेत्रीले जानकारी दिनुभयो ।
पहिलो चरण को बजेट मा १०० जनाले १०० दिन काम गर्ने हरुमा सुखौरा मा १० सल्यानमा ११ बाटाकाचौरमा १७ हुग्दिशिर र धुल्लुबास्कोटमा ३१-३१ जनाले रोजगार पाउनेछन् ।अहिले पालिकाको ५ वटै वडामा परेका पहिलो चरणका योजनाहरुको सर्वेक्षण गरिएको छ । चालू आ.व का लागि पहिलो चरणको रकमका लागि ५१ लाख ७० हजार र थप ६५ लाख ६६ हजार गरि कुल १ करोड १७ लाख ३६ हजार रुपैयाँ सशर्त अनुदान प्राप्त भएको रोजगार प्रमुख क्षेत्रीले बताउनुभयो ।
रोजगार उपभोक्ता समिति गठन गरि सम्झौता गरेर पालिकाको वडा नम्बर ५ मा भने सोमबार बाट काम सुरु भएको छ ।
खानेपानी, सिंचाइ, गोरेटोबाटो,पदमार्ग शौचालय, चौतारो निर्माण,खेलकुद मैदान, विद्यालय भवन मर्मत, जस्ता काम हुने र निर्माण सामाग्रीको लागि पालिकाले रकम व्यहोर्ने पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
सुचिकृत बेरोजगारले दैनिक ५१७ का दरले ज्याला पाउने छन् ।







