दर्ता. न‌: २४५/०६५/०६६

बरेङका बालशिक्षकहरुलाई २ दिने तालिम

दिपेन्द्र परियार १८ मंसिर ०७७ बालशिक्षकहरुका लागी २ दिने तालिम बरेङ गाँउपालिकाको सभाहल सुदालामा बुधबार देखि सुरु भएको छ ।

बाल कक्षामा अध्यापन गराईरहेका शिक्षक हरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा बरेङ गाँउपालिका भरिका २५ जना बाल शिक्षक हरु सहभागी भएका छन । बिभिन्न शैक्षिक सामाग्रीहरु सहित खेलको माध्यमबाट सिकाई भएकोले पहिलो दिनको तालिम  अत्यन्तै प्रभाबकारी भएको सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन । कार्यक्रम आज समापन हुने बरेङ गाँउपालिकाका शिक्षा अधिकृत शुर्य प्रसाद शर्माले बताउनु भयो ।

पाण्डे एजुकेसनल गुड्स सप्लायर्स काठमाण्डौका प्रमिता पाण्डे र राजकुमार घिमिरे ले तालिमको सहजीकरण गरिरहनु भएको छ ।

बरेङ गाँउपालिकाकी उपाध्यक्ष डिलकुमारी पुनले ब्यानर पढेर तालिमको उद्धघाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रसाषकिय अधिकृत रमेस थापाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बरेङ गाँउपालिका स्रोत ब्यक्ति यज्ञ प्रसाद न्यौपाने , प्राबिधिक साहायक बिष्णु प्रसाद न्यौपानेको उपश्थिति रहेको थियो ।बरेङ गाँउपालिकाकी उपाध्यक्ष डिलकुमारी पुनको अध्यक्षता शिक्षा अधिकृत सुर्य प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

« प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बरेङलाई ६५ लाख ६६ हजार रकम थप, २२७ जनाले १०० दिन रोजगार पाउने «

» बरेङ गाउँपालिकाले सञ्चालन गरेको बाल शिक्षकहरुको लागि दुई दिने तालिमको समापन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal