बरेङ गाउँपालिकाले सञ्चालन गरेको बाल शिक्षकहरुको लागि दुई दिने तालिमको समापन
दिपेन्द्र परियार १९ मंसिर ०७७ बरेङ गाउँपालिकाले सञ्चालन गरेको बाल शिक्षकहरुको लागि दुई दिने तालिमको समापन भएको छ । शैक्षिक समाग्री सहित खेलको माध्यमबाट बालबालिकाहरुलाई शिक्षण सिकाईका तरिका सिकाउन तालिमको आयोजना गरिएको थियोे ।
समापन कार्यक्रमको अबसरमा सहभागी शिक्षकहरुले तालिम पश्चात तालिमको प्रभाबकारीता ,आआफ्नो बिद्यालयको अबस्था ,समस्या र अपेक्षा को बिषयमा समेत पालैपालो प्रतिक्रिया राखेका थिए ।
शिक्षक हरुको प्रतिक्रिया पछि उठेका जिज्ञासाको बिषयमा बरेङ गाँउपालिकाका प्रमुख प्रषाशकिय अधिकृत रमेस थापाले सम्बोधन गर्नुभएको थियो । कतिपय समस्या गाँउपालिका बाट तत्कालै समाधान गर्ने तथा कतिपय समुदाय ,स्थानिय सरकार ,प्रदेश र केन्द्र सरकारबाट समाधान हुनसक्ने बताउनु भएको थियो ।
कार्यक्रममा समापन मन्तब्य राख्दै बरेङ गाँउपालिकाकी उपाध्यक्ष डिल कुमारी पुनले तालिमबाट वाल शिक्षकहरुले धेरै कुरा सिक्न सफल भएको भन्दै शिक्षाको जग बालबिकास भएकोले जग बलियो बनाउने जिम्मेवारी बालशिक्षको भएको बताउनु भयो ।
बिकासको पहिलो आधार शिक्षा भएको भन्दै शिक्षालाई कसरि गुणस्तरिय बनाउन सकिन्छ भनेर सिङगो गाउपालिका लागी परेको पुनको भनाई छ ।
नागरिक स्वस्थ भएमात्रै समुदाय र देश बिकासमा योगदान पु¥याउन सक्ने बतउदै उपाध्यक्ष पुनले गाँउपालिकाले पालिका भित्र जन्मिने बालबालिकाको स्वास्थ्य लाई मध्यनजर गर्दै प्रारम्भीक गर्भावस्था देखि नै पोसिलो झोला जस्ता कार्यक्रम ल्याईरहेको अबस्थामा बाल कक्षा देखिनै उनिहरुको सर्बाङगीण बिकासमा गम्भीर रहदै गुणस्तरिय उच्च शिक्षा प्रदान गर्न गाँउपालिका गम्भिर रहेको भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत रमेस थापाले प्रारम्भीक बालबिकास लाई नेपालको संबिधानले बालबालिका हक अन्तर्गत राखेर बालबालिकाको सर्वाङगिण बिकास गर्ने थलो का रुपमा परिभासित गरेको भन्दै उनिहरुको हकलाई सुनिश्चित गराउने र साथसाथै उनिहरुको सर्बाङर्गिण बिकास गर्ने ठाँउ हनु पर्ने बताउनु भयो ।
क ख र ए बि सी मात्रै पढाउने थलो होईन भन्दै थापाले बालबालिकाको सारिरिक ,संबेगात्मक,मानसिक,सामाजिक सास्कृतिक बिकासका लागी प्रारम्भीक बालबिकास कक्षाको बाताबरण त्यहि अनुसारको बनाउनु पर्ने बताउनु भयो ।
तालिमको सहजिकरण गरिरहनु भएका मुख्य सहजकर्ता प्रमिता पाण्डेले बालबालिकाको सर्बाङगिण बिकासकालागी घरपरिवार शिक्षक र बिद्यालयको बाताबरण राम्रो हुनुपर्ने बताउनु भयो । प्रारम्भीक वालबिकास कक्षा सञ्चालन हुने कोठा देखि उनिहरु बस्ने ठाँउ को बिशेष सरसफाई हुनुपर्ने र भौतिक पुर्वाधार का संरचना हरु बालमैत्री हुनु पर्ने पाण्डे को भनाई छ ।
कार्यक्रमको अबसरमा पालिका भित्रका २४ वटै प्रारम्भीक बालबिकासका लागी शैक्षिक सामाग्री सहितको झोला र शैक्षिक ब्यानर प्रदान गरिएको छ ।
तालिममा २६ जना बाल बिकास शिक्षकहरुको सहभागीता रहेको थियो ।वाल शिक्षकहरुले बिभिन्न संदेसमुलक गित संगित समेत प्रश्तुत गरेका थिए ।
रमिता पाण्डे र राजकुमार घिमिरेले सहजीकरण गर्नु भएको तालिम निकै प्रभावकारी भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । गाँउपालिकाकी उपाध्यक्ष डिलकुमारी पुनको अध्यक्षता शिक्षा अधिकृत सुर्य प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।







