सिवाईसी साकोस बाटाकाचौर साखा कार्यलयको बिस्तारित मञ्च कार्यक्रम नयाँ बजारमा सम्पन्न ः युवालाई स्वरोजगार बनाउन करोडौ रुपैया लगानी सिवाईसिले गर्ने
दिपेन्द्र परियार बरेङ । २० मंसिर ०७७ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था (सिवाईसी साकोस) बाटाकाचौर साखा कार्यलयको बिस्तारित मञ्च कार्यक्रम नयाँ बजारमा सम्पन्न भएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण सामान्य रुपमा ब्यक्तिगत स्वास्थ्य सुरक्षाका साधन हरु प्रयोग गरेर थोरै मात्र सेयर सदस्यको उपश्थितिमा कार्यक्रम सम्पनन भएको हो ।
जिल्ला समन्वय समिती बाग्लुङका संयोजक राजेन्द्र ढुङगानाले दिप प्रज्वलन गरेर कार्यक्रमको उत्घाटन गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुङगानाले सिवाई सहकारीले सफलता प्राप्त गर्नुमा नेतृत्वको ठुलो भुमिका रहेको बताउनु भयो। समाजमा न्युन आय भएका दिन दुखि हरुको साहारा सहकारी भएको बताउनु भएको छ । सहकारी हरु नाफा मुखी भन्दा पनी सेवा मुखीबन्नु पर्ने ढुङगानाको भनाई छ ।
ढुङगानाले मुलुकमा लामो संर्घषपछि जनताले प्राप्त गरेका अधिकारहरु नेतृत्वकै कारण गुम्ने खतरा बढेको बताउनु भयो ।
कार्यक्रममा समापन मन्तब्य राख्दै कार्यक्रमका अध्यक्ष तथा सिवाईसि साकोसका अध्यक्ष नेपस्कुनका केन्द्रिय संचालक सदस्य , जिल्ला बचत तथा ऋण सहकारी संघ बाग्लुङका अध्यक्ष चण्डी प्रसाद शर्माले ४२ ओटा सुचाकाङकमा मापन गर्दा सिवाई सि साकोस बाटाकाचौर उत्कृष्ट भएको घोषणा गर्नुभयो । सिवाईसी गाँउगाँउ र घर घरमा जानु पर्छ र रोजगारीको लागी बिदेश जाने युवालाई आफ्नै देशमा स्वरोजगार बनाउनु पर्छ भन्दै नेपालीहरु धनि देशका गरिब नागरिक भएको बताउनु भयो ।
स्थापनाको छोटो समयमानै करौडौको पुजीं जम्मा गर्न सफल भएको र युवालाई स्वरोजगार बनाउन करोडौ रुपैया लगानी सिवाईसिले गर्ने बताउनु भयो ।
कार्यक्रममा बरेङ सेवाकेन्द्रका परामर्सदाता ईन्द्रसिङ खत्री,बरेङ गाँउपालिका वडा न ३ का कार्यबहाक वडा अध्यक्ष दुर्गाकार्की थापा क्षेत्री, वडा न ५ का अध्यक्ष अमर सेरपुर्जा,केन्द्रीय सञ्चालक समिती सदस्य मोतिराम गौतम,केन्द्रीय सल्लाहकार सिता शर्मा, लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सिवाईसि साकोसका सचिब जयराम भारीले प्रगति प्रतिबेदन आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रश्तुत गर्नुभयो ।
साकोसका कोषाध्यक्ष सिता सापकोटा कंडेलले आर्थिक प्रतिबेदन तथा बजेट पेश गर्नु भयो ।
सस्थाले बिभिन्न बिधामा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्नुका साथै पुरस्कार समेत बितरण गरेको छ ।
जसमा असल बचतकर्तामा बरेङ ४ थप्लुङका कमान सिंह पुनलाई सम्मान गरेको छ ,त्यस्तै असल सदस्यमा बरेङ ३ बाटाकाचौरकी कौसिला थापा क्षेत्रीलाई सम्मान गरेको छ । असल ऋणी उद्यमीमा बरेङ २ घट्टका जयराम शर्मालाई सम्मान गरेको छ ।असल बाल बचतकर्तामा बरेङ ३ बाटाकाचौरका सुप्रित गौतमलाई सम्मान गरेको छ ।
कार्यक्रमको अबसरमा ८० बर्ष नाघेका आफ्ना सेयर सदस्य बरेङ ३ बाटाकाचौरका खिमकला गौतम तथा बरेङ २ घट्टका खिमकला शर्मा लाई औसधि उपचार रकम प्रदान गरेको छ ।
त्यस्तै कार्यक्रममा सिवाईसि साकोस बाटाकाचौरका प्रमुख मदन बहादुर कार्कीले प्रमुख अतिथि ढुङगानालाई मायाको चिनो प्रदान गनुृभएको थियो ।
कार्यक्रमको अबसरमा साकोस बाटाकाचौरका प्रमुख कार्कीले आफ्ना सेयर सदस्यहरु सँग छलफल तथा अन्र्तक्रिया गर्नुभएको थियो ।कार्यक्रममा बरेङ गाँउपालिकाका जनप्रतिनिधि हरु ,बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुहरु लगाएतको उपश्थिति रहेको थियो । सिवाईसि साकोसका अध्यक्ष नेपस्कुनका केन्द्रिय संचालक सदस्य , जिल्ला बचत तथा ऋण सहकारी संघ बाग्लुङका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता,बरेङ सदस्य सेवाकेन्द्रका सचिब प्रेम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको समापन पछि रेडियो बिहानी सँग कुराकानी गर्दै सिवाईसि साकोस बाटाकाचौर साखाका प्रमुख मदन बहादुर कार्किले कार्यक्रम निकै प्रभाबकारी र उपलब्धीमुलक भएको बताउदै सहभागी सम्पुर्णमा आभार प्रकट गर्नु भएको छ ।
« बरेङ गाउँपालिकाले सञ्चालन गरेको बाल शिक्षकहरुको लागि दुई दिने तालिमको समापन «
» १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा हाजिरि जवाफ प्रतियोगीता »







