बरेङ २ का वडा सदस्य एवं गाउँसभा सदस्य मेख बहादुर छन्त्याल आलेको असामयिक निधन ः सोमबार १(एक) दिन गाउँकार्यपालिका मातहतका सबै सेवा बन्द
दिपेन्द्र परियार २१ मंसिर ०७७ बरेङ गाउँपालिकाले आफ्नो वडा सदस्यको निधनपर्ति गहिरो दुख ब्यक्त गरेको छ ।
पालिकाले आईतबार सोक बक्तब्य जारि गर्दै वडा नं. २ बाट निर्वाचित वडा सदस्य एवं गाउँसभा सदस्य मेख बहादुर छन्त्याल आलेको असामयिक निधनपर्ति बरेङ गाउँपालिका परिवार अत्यन्तै मर्माहित र स्तब्ध भएको भन्दै भोली सोमबार १(एक) दिन गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवंम् गाउँपालिका मातहतका अन्य कार्यालयहरु पूर्ण रुपमा बन्द गर्ने भएको हो ।
बक्तब्यमा भनिएको छ “समाजसेवी एबं विकासप्रेमी छन्त्याल आले एक कुशल नेता तथा इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । बरेङ गाउँपालिकाको विकासमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई बरेङ गाउँपालिकाले सधैं स्मरण गरिरहनेछ” ।
गाँउपालिकाले स्वर्गिय छन्त्याल आले प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन एबं आफन्तजनहरुमा गहिरो समवेदना ब्यक्त गरेको छ ।
« १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा हाजिरि जवाफ प्रतियोगीता «







