दर्ता. न‌: २४५/०६५/०६६

बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा आज देखि सुरु, पहिलो दिन १ सय ४५ जना सेयर सदस्यहरु कार्यक्रममा सहभागी

दिपेन्द्र परियार बरेङ २२ मंसिर ०७७ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा आज देखि सुरु भएको छ ।

बिश्वव्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९ ) को जोखिमका माझ असहज परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तोकेको न्युनतम स्वास्थ्य मापदण्ड पुरा गरी 

बिभिन्न चरणमा गरेर सम्पन्न हुन लागेको साधारण सभाको सस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले दिप प्रजवलन गरेर अनौपचारिक उद्धाघन गर्नुभयोे । 

साधारण सभाको पहिलो दिन आज बरेङ गाँउपालिका वडा नं. १ धुल्लुबाँस्कोट अन्र्तगत साबिक वडा नं. १, २ र ३ का १ सय ४५ जना सेयर सदस्यहरु कर्यक्रममा सहभागी भएका सस्थाका प्रबन्धक सेखर थापाले बताउनुभयो ।

त्यस्तै भोली मंसिर २३ गते बरेङ गाँउपालिका वडा नं. १ धुल्लुबाँस्कोट अन्र्तगत साबिक वडा नं. ४, ५,६,७,८ र ९ का शेयर सदस्यहरु ,मंसिर २४ गते बरेङ गाँउपालिका वडा नं. २ हुग्दिशिर अन्र्तगतका सबै शेयर सदस्यहरु पालैपालो सहभागी हुन अनुरोध गरिएके छ । 

त्यस्तै मंसिर २५ गते बिहिबार बरेङ गाँउपालिका वडा नं. ३ बाटाकाचौर, वडा नं. ४ सल्यान, वडा नं. ५ सुखौरा, जैमिनि नगरपालिका, गलकोट नगरपालिका, गुल्मीको कलिगण्डकी गाँउपालिका, चन्द्रकोट गाँउपालिका र अन्य सबै शेयर सदस्यहरुले सहभागीता जनाउने छन ।  । सदस्यहरु लाई फरक फरक मितिमा आफ्नो क्षेत्रको पालो परेको दिन कार्यक्रममा सहभागीता जनाउनका लागी थापाले अनुरोध गर्नुभएको छ । सेयर सदस्यहरुकालागी कार्यक्रममा उपश्थित हुने दिन फरक भएपनि कार्यक्रम सञ्चालन हुने समय भने  बिहान १० बजेदेखि अपरान्ह ३ बजे सम्म तोकिएको छ ।

सस्थाका कोषाध्यक्ष बिमल पौडेलले कोरोनाको संक्रमण कायमै रहेको अबस्थामा कार्यक्रममा सहभागिता हुदाँ शेयर सदस्य स्वयं अनिबार्य मास्क सहित उपस्थित हुनुपर्ने भन्दै प्रतिनिधि मान्य नहुने बताउनुभयो। उपस्थित सदस्यलाई यातायात खर्चको व्यवस्था समेत गरिएको पौडेलको भनाई छ ।

आफ्ना सेयर सदस्यको स्वास्थ्य प्रर्ति सस्था संबेदनशिल भएको जनाउदै उल्लेखित मितिमा तोकिएको क्षेत्र बाहेक का सदस्य अन्य मितिमा सहभागि हुन नपाउने ब्यबस्था गरिएको समेत प्रबन्धक सेखर थापाले बताउनु भयो ।

« बरेङ २ का वडा सदस्य एवं गाउँसभा सदस्य मेख बहादुर छन्त्याल आलेको असामयिक निधन ः सोमबार १(एक) दिन गाउँकार्यपालिका मातहतका सबै सेवा बन्द «

» अबैध हातहतियार नियन्त्रणमा चासो राख्दै बरेङ प्रहरी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal