अबैध हातहतियार नियन्त्रणमा चासो राख्दै बरेङ प्रहरी
दिपेन्द्र परियार बरेङ २२ मंसिर ०७७ अबैध हातहतियार नियन्त्रणमा इलाका प्रहरी कार्यलय बरेङ डाडाले चासो ब्यक्त गरेको छ ।
इलाका प्रहरी कार्यलय बरेङडाडाका निमित्त प्रमुख दानबहादुर केसि,स्थानिय जनप्रतिनिधी एब समाजसेबि , बुद्धिजिबि हरुको संयुक्त बैठक बसेर अबैध हात हतियार नियन्त्रण तथा ब्यबस्थापन गर्ने निर्णय गरिएको हो ।
ईलाका प्रहरीकार्यलयले जारि गरेको सुचना अनुसार लुकाई छिपाई राखिएका हतियार हरु यहि मंसिर २६ गते भित्र नजिकको प्रहरी कार्यलयमा बुझाउन भनिएको छ ।
त्यस्तै ईजाजत पत्र भएका तर नामसारी र नबिकरण नगरेका बन्दुकधनिले बन्दुकराख्न चाहेमा ईलाका प्रहरी कार्यलय बरेङ डाडामा बिबरण पेश गर्न अनुरोध गरिएको छ ।
सुचना अनुसार प्रहरीले उपलब्ध गराएको समयभित्र कसैले अबैध हतियार नबुझाएमा संकास्पद ब्यक्तिहरुको घर एब ठाँउमा रित पुर्बक खानतलासी लिनेछ भने हतियार फेला पारेमा सम्बन्धित ब्यक्तीलाई कानुन अनुसार कार्बाहि गर्ने बताईएको छ ।






