बरेङ गाउँपालिकाले सामुदायिक वन साझेदारी कार्यक्रम सञ्चालनगर्ने
दिपेन्द्र परियार बरेङ २७ मंसिर ०७७ बरेङ गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समिती सँग मिलेर साझेदारी कार्यक्रम संचालन गर्ने भएको छ ।
बागलुङको बरेङ गाउँपालिकाले सामुदायिक वन साझेदारी कार्यक्रम सञ्चालन सम्बन्धी सामुदायिक वन उपभोक्ता समूहबाट प्रस्ताव आव्हान गरेको हो ।
देशका अधिकांस स्थानिय तहहरुमा सामुदायिक बन उपभोक्ता समुह र स्थानिय तहहरुको अधिकार क्षेत्र को बिषयमा द्धन्दात्मक अबस्था भैरहेको सन्दर्भमा बरेङ गाँउपालिकाले सामुदायिक बन सँग आबस्यक साझेदारी गरेर बन र बाताबरण जस्तो संबेदनशिल क्षेत्रको संरक्षण र संबद्र्धन गर्नका लागी गाँउपालिका भित्र रहेका सामुदायिक बन, उपभोक्ता समुह हरुसँग साझेदारी गर्ने गरी प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय असधकृत रमेश थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले बनजङगलको संरक्षण गर्दै सामुदायिक बन लाई आयमुलक बनाउने र गरिबि निबारणका लागी उत्पादनमुलक क्षेत्रमा समेत हातेमालो गर्ने कार्य अभियानकै रुपमा सञ्चालन गर्दै आईरहेको उहाँको भनाई छ ।
पालिकाले सामुदायिक वनसंग साँझेदारी गर्न ७ वटा कार्यक्रमका लागि ७ लाख बजेट बिनियोजन गरेर प्रस्ताव आह्वान गरेको छ ।
बरेङले पालिका भित्रका बन उपभोक्ता समिती मार्फत नागरिकलाई आयमूलक, वन संरक्षण र विकास, तथा गरिवी न्युनिकरण तथा निबारण जस्ता कार्यक्रम साझेदारीमा सञ्चालन गर्न प्रस्ताब माग गरेको हो ।
गाँउपालीकाले प्रति प्रस्ताव रु एक लाख रकम व्यहोर्नेछ भने समितिले पचास प्रतिशत लागत सहभागिता जनाउनुपर्नेछ । त्यसकालागी पालिकाले पालिका भित्रका सामुदायिक वन उपभोक्ता समिति र समूह लाई प्रस्ताव सहित आवश्यक कागजातहरु पेश गर्न सूचना जारी गरिसकेको छ । गत बर्ष पनि पालिकामा यो कार्यक्रम सञ्चालन भएको थियो । त्यसैलाई निरन्तरता दिदै बरेङ गाँउपालिका र सामुदायिक बनको बिचको साझेदारिमा सञ्चालन हुने यो कार्यक्रमले पालिकाको दिगो बिकास लक्षमा सकारात्मक भुमीका खेल्ने अपेक्षा लिईएको छ ।
« बरेङमा ४६ सुत्केरी आमाहरुले पाए कुखुराको भाले उपहार «
» बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा सम्पन्न »







