दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा बाग्लुङले पौष १ देखि १६ गते सम्म संघर्ष र संगठनात्मक अभियानका कार्यक्रम गर्ने

दिपेन्द्र परियार बरेङ २८ मंसिर ०७७ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले हाल देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतराका विरुद्ध साथै संघीयताको खारेजीका लागि देशव्यापी संघर्ष र संगठनात्मक अभियानका कार्यक्रम गर्ने भएको छ । 

राष्ट्रिय जनमोर्चा जिल्ला समिती बाग्लुङले आज प्रेस बक्तब्य जारि गर्दै बिभिन्न कार्यक्रम गर्ने प्रेस बक्तब्य मार्फत जानकारी दिएको हो ।

राष्ट्रिय जनमोर्चा बाग्लुङका अध्यक्ष अमर थापाले हस्ताक्षर गर्नुभएको सो बक्तब्य अनुसार

‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरोध गरौं’ भन्ने नाराका साथ देशव्यापी रुपमा हुने संघर्षका कार्यक्रम अन्तरगत पौष १ देखि १६ गते सम्म विभिन्न संघर्षका कार्यक्रम र पालिका तहमा अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गरिने छ । २०७७ पौष ३ गते बागलुङ बजारमा मोटरसाईकल ¥याली प्रदर्शन गरिनेछ । जसमा सहभागी भई दिन आम नागरिकलाई अपील गरिएको छ । 

राष्ट्रिय जनमोर्चा बागलुङले पौष १७ गतेदेखि २९ गतेसम्म विशेष संगठनात्मक अभियान र संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । जिल्लाव्यापी रुपमा चल्ने यो अभियान ३ टोली निर्माण गरी सञ्चालन गरिने छ । केन्द्रीय सदस्यद्वय राजेन्द्र ढुंगाना र डिल बहादुर दर्जी, प्रदेश सभा सांसद कृष्ण थापा, राष्ट्रिय परिषद सदस्य तिलक थापा, बरेङ गापा अध्यक्ष कृष्ण पौडेल र नरबहादुर पुन रहेको टोलीले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका कार्यक्रम गर्ने छ । 

    त्यस्तै जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार वेदीलाल सापकोटा, जिल्ला सदस्य लक्ष्मण पुन, लोकनाथ शर्मा र लक्ष्मी बास्कोटा रहेको टोलीले गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा कार्यक्रम गर्ने छ । 

यस्तै राष्ट्रिय परिषद सदस्य गौरीस्वर पाण्डे, पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, प्रदेश सभा सांसद खिमविक्रम शाही, भिमसेन वन, मेक बहादुर पाईजा र प्रगति बुढा रहेको टोलीले निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा कार्यक्रम गर्ने बक्तब्यमा उल्लेख छ ।

« बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा सम्पन्न «

» बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal