दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने

दिपेन्द्र परियार ।बरेङ। २९ मंसिर ०७७ । बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने भएको छ ।

पालिकाका ५ वटै वडा लाई आबस्यकताको आधारमा प्रति वडा ÷१ प्राथमिक बिद्यालय  छनोट गरेर प्राथमिक पुस्तकालय स्थापना गर्न कम्तीमा २० हजार लागत बराबरको प्रस्ताब माग गरेको हो ।

शैक्षिक क्षेत्रमा ब्यापक सुधार गर्दै शैक्षिक गुस्तर बृद्धिका लागी एक पछि अर्को बोल्ड निर्णण गरिरहेको गाँउपालिकाले प्राथमिक तहका बिद्यालयलाई लक्षित गर्दै शिक्षक तथा बिद्यार्थिको ज्ञानको दायरा थप फराकिलो बनाउन र उनिहरुलाई स्वअध्यनमा केन्द्रित गर्नकालागी यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिईएको छ ।

पुस्तकालय सञ्चालनका लागी पालिकाले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने छ ।गाँउपालिकाका ५ वटै वडाका प्राथमिक बिद्यालय हरु बाट छनोट गरेर अति आबश्यकताको आधारमा प्रति एक वडा एक प्राथमिक बिद्यालयमा पुस्तकालय स्थापना गरिने छ ।

« राष्ट्रिय जनमोर्चा बाग्लुङले पौष १ देखि १६ गते सम्म संघर्ष र संगठनात्मक अभियानका कार्यक्रम गर्ने «

» बालज्योति प्राथमिक बिद्यालयको आम भेला कार्यक्रम सम्पन्न, क्षेत्री को अध्यक्षतामा ९ सदस्यिय बिद्यालय ब्यबस्थापन समिती गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal