दर्ता. न‌: २४५/०६५/०६६

बालज्योति प्राथमिक बिद्यालयको आम भेला कार्यक्रम सम्पन्न, क्षेत्री को अध्यक्षतामा ९ सदस्यिय बिद्यालय ब्यबस्थापन समिती गठन

दिपेन्द्र परियार ।बरेङ। २९ मंसिर ०७७ ।बरेङ गाँउपालिका वडा न २ हुग्दिशिर तङग्राम स्थित बालज्योति प्राथमिक बिद्यालयको आम भेला कार्यक्रम सम्पन्न भएको छ ।

वडा न २ का वडा सदस्य रन बहादुर क्षेत्रीको संयोजकत्वमा सम्पनन भेलाले थम्मन बहादुर क्षेत्री को अध्यक्षतामा ९ सदस्यिय बिद्यालय ब्यबस्थापन समिती गठन गरेको छ ।

समितीको अन्य सदस्यहरुमा बिर बहादुर भण्डारी ,माया भण्डारी,अनिता थापा,चन्द्र बहादुर भण्डारी,धनमाया बिक,पतिराम पुन,वडा सदस्य रन बहादुर क्षेत्री तथा शिक्षक निर्मला आर्चाय चयन भएका छन ।

त्यस्तै भेलाले टेक बहादुर भण्डारीको अध्यक्षतामा ७ सदस्यि शिक्षक अभिबाबक संघ गठन गरेको त्यहाबाट बिद्यालयका शिक्षक सुनिता बिकले जानकारी दिनु भयो ।

बिकका अनुसार संघको अन्य सदस्यहरुमा प्रधानध्यापक निर्मला आर्चाय,शिक्षक प्रतिनिधी सुनिता बिक, फटिक बहादुर भण्डारी,जित बहादुर बस्नेत,गङगा बहादुर बिक तथा गोमा बिक रहनु भएको छ ।

वडा सदस्य रन बहादुर क्षेत्रीको अध्यक्षता ,सुनिता बिकक ो स्वागत ,प्रधानध्यापक निर्मला आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

« बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने «

» बरेङका बस्ती बस्तीमा स्वास्थ्य पहुच पु¥याउन सामुदायिक स्वास्थ्य ईकाई »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal