दर्ता. न‌: २४५/०६५/०६६

बरेङका बस्ती बस्तीमा स्वास्थ्य पहुच पु¥याउन सामुदायिक स्वास्थ्य ईकाई

दिपेन्द्र परियार २९ मंसिर ०७७ स्वास्थ्य सेवाको पहुँच कम भएका बस्तीहरुमा पहुच पु¥याउन बरेङ गाँउपालिकाले पालिकाको बिभिन्न बस्तीमा स्वास्थ्य इकाई स्थापना गर्न थालेको छ ।

चालु आर्थिक बर्षमा पालिकाको बिभिन्न ४ ठाँउमा ४ स्वास्थ्य ईकाई स्थापना गरेर दुरदराजका बस्तीमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन लागेको पालिकाले सोमबार वडा न १ लुग्रुङमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरेको हो ।

बरेङ गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले ब्यानर पढेर लुगरुङमा सामुदायिक स्वास्थ ईकाईको आज उट्घाटन गर्दै ईकाई प्रमुख अहेब सर्मिला श्रीस पुनलाई इकाईको साचो हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै  प्रमुख अतिथी बरेङ गाँउपालिकाका अध्यक्ष शर्माले सामाजीक एकताबिना बिकास निर्माण कार्य सम्भब नभएको भन्दै अब बरेङका जुनसुकै बस्तीका बस्ने नागरिकहरु स्वास्थ्य सेवा लिनका लागी आधा घण्टा भन्दा बढि हिड्नु नपर्ने बताउनु भयो ।पालिकाका स्वास्थ्य सस्थाबाट प्राप्तहुने औसधी स्वास्थ्य ईकाईमा उपलब्ध हुनेहुदाँ ढुक्क भएर सेवा लिन शर्माको आग्रह छ ।.............................

बरेङ गाँउपालिका स्वास्थ संयोजक पदम बहादुर पुनले दुर्गम स्थानका आम नागरिकले पनि स्वास्थ लाभ लिन सक्ने गरि ल्याईएको योजनामा सबै नागरिक हातेमालो गर्दै साथ सहयोग गर्नु पर्ने बताउनु भयो । आर्थिक बर्षमा नै स्वास्थ सेवा भवन निर्माणको काम पुरा गर्ने लक्ष्य सहित प्रकृया अगाडी बढाईएको पुनले बताउनु भयो । स्वास्थय ईकाईलाई स्थाईरुपमा सञ्चालन गर्नका लागी समुदायको महत्व पुर्ण भुमीका हुने पुनको भनाई छ ।..............

कार्यक्रममा स्वागत मन्तब्य राख्दै समाजसेवी चित्र बहादुर केसिले जनताले चाहे अनुसारको बिकास हुदै गैरहेको भन्दै गाँउकार्यपालिकाको प्रसंसा गर्दै केसिले तत्कालका लागी सामुदायिक भबनबाट  स्वास्थ सेवा प्रदान भएपनि ब्यबस्थित स्वास्थ्य ईकाईको भबन निर्माणका लागी जग्गा उपलब्ध भैसकेको र अब ईकाईका नाममा पास गर्न मात्रै बाँकी रहेको बताउनु भयो ।....

बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुनले समापन मन्तब्य राख्दै माहामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणहुन सक्ने सम्भाबनालाई मध्यनजर राख्दै पालिकाले ५ शैयाको कोभिड अस्पताल निर्माण गरिएको बताउनु भयो ।गुणस्तरिय स्वास्थ्यसेवा प्रदान गर्न १० शैयाको आधारभुत अस्पताल निर्माणमा पालिका लागी रहेको बताउनु भयो ।

स्वास्थ्य ईकाइबाट अहेब सर्मिला श्रीस पुन र अनमी नबिना थापा २ जना स्वास्थकर्मीहरुले त्यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ सेवा प्रदान गर्ने छन । 

अहिले सम्म झण्डै २ घण्टा हिडेर स्वास्थ्य सस्थामा जानुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसि प्रकट गदै यो स्वास्थ ईकाईबाट बरेङ गाँउपालिका वडा नं. १ का लुग्रुङ,कोकल्दिप, जैमिनीको नेवारे ,छोटडाडा,लामडाडा किटेनी,नाम्दुक लगाएतका नागरिकले सेवा लिन सहज भएको कार्यक्रममा सहभागीले बताएका छन ।.................................

कार्यक्रम वडा अध्यक्ष नरसेङ पुनको अध्यक्षता,शिक्षक थुमराज ढुङगानाको संचालनमा सम्पन्न भएको थियो ।

यसै बिच बरेङगाँउपालिका वडा न १ लुग्रुङमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई ब्यबस्थापन समिती तथा सल्लाहकार समिती गठन भएको छ ।

वडा अध्यक्ष नरसेङ पुनको अध्यक्षतामा ७ सदस्यिय स्वास्थ्य ईकाई ब्यबस्थापन समिती गठन भएको हो समितीको अन्य सदस्यहरुमा वडा न १ का दलित महिला सदस्य गङगा क्षेत्री सुनार,समाजसेवी चित्र बहादुर केसि,महिला स्वास्थ्य स्वमसेबक मनरुपा आर्चाय,वडा सचिब बिष्णु चालिसे,तथा ईकाई प्रमुख सर्मिला श्रीस पुन रहनुभएको छ । कार्यबहाक अध्यक्षमा चित्र बहादुर केसि चयन हुनुभएको छ ।

बरेङमा गत आर्थिक बर्षमा ३ वटा स्वास्थ्य ईकाई स्थापना गरेर सञ्चालनमा रहेका छन भने चालु आर्थिक बर्षमा अब पालिकाको वडा न २ हुग्दिसिर,वडा न ३ बाटाकाचौर र वडा न ४ सल्यानको थप्लुङमा गरि थप ३ वटा स्वास्थ्य ईकाई स्थापना हुने गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

« बालज्योति प्राथमिक बिद्यालयको आम भेला कार्यक्रम सम्पन्न, क्षेत्री को अध्यक्षतामा ९ सदस्यिय बिद्यालय ब्यबस्थापन समिती गठन «

» ज्ञानोद्धय आ.बि बाटाकाचौरका बालबालिकाको टेबलमै खाजा ःपौस १ देखि अतिरिक्त कक्षा सञ्चालन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal