ज्ञानोद्धय आ.बि बाटाकाचौरका बालबालिकाको टेबलमै खाजा ःपौस १ देखि अतिरिक्त कक्षा सञ्चालन
दिपेन्द्र परियार ३० मंसिर ०७७ बरेङ पाठ्यक्रम सक्न बरेङ गाँउपालिकाले अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन गरे सँगै बिद्यालयले कार्यन्वयन गर्न थालेका छन ।
सोमबार बरेङगाँउपालिका ३ बाटाकाचौरको ज्ञानोद्धय आधारभुत बिद्यालयमा अतिरिक्त कक्षा सञ्चालानार्थ सम्पन्न भेलाले पालिकाको शिक्षा युवा तथा खेलकुद साखाको निर्देशन अनुसार बिद्यालयले कक्षा ८ का बिद्यार्थीका लागी अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको हो ।
बिद्यालयले आफ्नै पहलमा यो महिनाको सुरु देखिनै दैनिक १ घण्टा अतिरिक्त कक्षा सञ्चालन गरेको थियो भने शिक्षा साखाको निर्देशन पछि पौस १ गते देखि दैनिक २ घण्टा अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको बिद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्किले बताउनु भयो ।
त्यस्तै बिद्यालयले पालिकाको निर्देशन अनुसार पौस १ देखि दिबा खाजाको ब्यबस्था गर्ने भएको छ । आज सम्पन्न बाल कक्षा देखि ५ कक्षा सम्मको अभिबाबकको भेलाले बिद्यालय ब्यबस्थापन समितीले तय गरेको दिबा खाजा तत्कालका लागी तालिका बमोजिम अभिबाबकहरुले नै ब्यबस्था गर्ने भएका हुन ।
बिद्यालयमा कक्षा कोठाको अभाब भएका कारण बिद्यार्थिको उपस्थितीका आधारमा प्रति बिद्यार्थी रु १५ का दरले खाजा खर्च रकम अभिवाबक लाई उपलब्ध गराउने बिद्यालयका प्रधानध्यापक कार्कीको भनाई छ ।
« बरेङका बस्ती बस्तीमा स्वास्थ्य पहुच पु¥याउन सामुदायिक स्वास्थ्य ईकाई «
» सारदा माबिको फरक अभ्यास ः बिद्यार्थिलाई अनुसासित बनाउन पासकार्ड »







