दर्ता. न‌: २४५/०६५/०६६

सारदा माबिको फरक अभ्यास ः बिद्यार्थिलाई अनुसासित बनाउन पासकार्ड

दिपेन्द्र परियार २ मंसिर ०७७ । बरेङ । बिद्यार्थिलाई अनुसासित बनाउन बाटाकाचौरको शारदा माध्यमिक विद्यालयले पास कार्डको प्रयोग अनिवार्य गरेको छ । 

बरेङ गाँउपालिका ३ बाटाकाचौर किसिमकोटको सारदा माध्यमिक बिद्यालयले बिद्यार्थीलाई अनुसासनको दायरामा राख्न र अनसासन सिकाउन भन्दै बिद्यार्थी कक्षाकोठाबाट बाहिर निस्कनु परेमा अनिबार्य पासकार्ड हुनुपर्ने ब्यबस्था गरेको हो । कार्डमा कक्षा शिक्षक र प्रधानध्यापक को हस्ताक्षर रहेको छ ।

बरेङ गाँउपालिकाको हकमा यो फरक अभ्यास भएको भन्दै एउटा कक्षा मा बिद्यार्थिको सङख्याको आधारमा २ देखि ४ जना मात्रै बाहिर निस्कन सक्ने गरि कार्ड उपलब्ध गराईएको बिद्यालयका प्रधानध्यापक देबिदत्त पौडेलले बताउनु भयो  ।

बिद्यालयमा बिद्यार्थिलाई अनुसासित बनाउन शिक्षक तथा बिद्यार्थी समेत मिलेर अहिले बिभिन्न नियमसमेत बनाएका छन ।

पहिला सबै जना एकै पटक बाहिर निस्कदा अस्तब्यस्त हो हल्ला हुन्थ्यो ,अहिले पासकार्डको ब्यबस्था भएपछि हामि पालै पालो निस्कन्छौ यसले हामिलाई सान्त भएर बस्न तथा पढ्न लेख्न मद्धत पुगेको छ ,कक्षा १० मा अध्यनरत छात्र बिबेक खत्रीले भन्नुभयो , मेरो कक्षामा छात्र हरुको लागी २ वटा र छात्रा हरुको लागी २ वटा पास कार्डको ब्यबस्था छ ।

पासकार्डको प्रयोग गर्न थालेपछि यसको प्रभाबकारीता राम्रो देखिएको र यो प्रयोगबाट बिद्यार्थीहरुमा समेत सकारात्मक प्रभाब परेको प्रधानध्यापक पौडेलको भनाई छ । यसले अनुसासनको पालना गराउन सहज भएको प्रधानध्यापक पौडेलले बताउनु भयोे ।

« ज्ञानोद्धय आ.बि बाटाकाचौरका बालबालिकाको टेबलमै खाजा ःपौस १ देखि अतिरिक्त कक्षा सञ्चालन «

» बरेङ गाँउपालिकाको नयाँ अभ्यास ः प्रध्यापकहरुले सामुदायिक बिद्यालयमा अध्यापन गराउने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal