दर्ता. न‌: २४५/०६५/०६६

अखिल छैठौं बागलुङको संगठन बिस्तार अभियानमा तिब्रता ।

रेडियो बिहानी संबाददाता, खर्बाङ । १३ भाद्र २०७५ । अखिल छैठौं २१औ राष्ट्रिय सम्मेलन तथा बागलुङको २३औं जिल्ला सम्मेलनको पुर्व संध्यामा अखिल छैठौं  बागलुङले जिल्लाव्यापी संगठन बिस्तार अभियानलाई तिव्रता दिएको छ । कार्यक्रम अन्तरगत २०७५ भाद्र १२ गते बडीगाड गाँउपालिका वडा नं. ४ स्थित बनस्पति मा.वि.मा संगठन बिस्तार अभियानको सम्पन्न भएको छ ।

सो कार्यक्रममा अखिल छैठौं का महासचिव भिमलाल पोखरेल, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी, अखिल छैठौं बागलुङका सदस्य मनिष कडेलले प्रशिक्षण तथा सदस्यता वितरण गर्नु भएको थियो । कार्यक्रम पश्चात भएको भेलाले सपना परियारको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौं बनस्पति मा.वि. मुल इकाई समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गिरी प्रसाद गलामी, सचिव टोप बहादुर सुनार, सहसचिव ललिता थापा, कोषाध्यक्ष संगिता गलामी रहनु भएको छ । त्यस्तै कक्षा स्तरीय भेलाले कक्षा–१० मा सपना परियारको अध्यक्षतामा ६१ सदस्यीय, कक्षा–९ मा गिरी प्रसाद गलामीको अध्यक्षतामा ७१ सदस्यीय कक्षा इकाई समिति चयन गरेको छ ।

त्यसै गरी सोही टोलीले भाद्र १३ गते सिसाखानी मा.वि. बडिगाड ३ मा भेला गरी अनिसा पर्टेलको अध्यक्षतामा ११ सदस्यीय अखिल छैठौं बनस्पति मा.वि. मुल इकाई समिति चयन गरेको छ । जसको उपाध्यक्षमा हेढबहादुर वि.क., सचिव हिरा वि.क., सहसचिव चन्द्रा वि.क., कोषाध्यक्ष गिता भुजेल रहनु भएको छ । त्यस्तै कक्षा स्तरीय भेलाले कक्षा–१० मा अनिसा पर्टेलको अध्यक्षतामा ३७ सदस्यीय, कक्षा–९ मा इन्द्र बहादुर वि.क.को अध्यक्षतामा ३३ सदस्यीय कक्षा इकाई समिति चयन गरेको  अखिल छैठौ जिल्ला समिति बाग्लुङकी प्रचार विभाग प्रमुख बिमा कुमारी जोल्मीले रेडियो बिहानीलाई जानाकारि दिएकी छन् ।

« ‘अनलाईन तिज कम्पिटिसन २०७५’ का उत्कृष्ट २६ प्रतिस्पर्धी, कसको पालो कहिले ? नामावली सहित । «

» सिवाईसी साकोस सेवाकेन्द्र बाटाकाचौरको साधारण सभा उद्घाटन । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal