मध्यराति चिच्याएर वर माग्ने साग्दि सत्यवति मन्दिर ८ महिना पछि खुल्यो
दिपेन्द्र परियार ६ पौष ०७७ बरेङ । कोरोना माहामारीका कारण बन्द गरिएको बरेङको चर्चित धार्मिक स्थल साग्दि सत्यवति मन्दिर ८ महिना पछि दियाली पुर्णिमा नजिकिदै गर्दा खुला गरिएको छ ।
मन्दिरमा कोरोनाको भाइरसको जोखिम रहेको भन्दै स्थानीय प्रशासन र मन्दिर ब्यबस्थापन समितीले गतचैत देखि मन्दिरमा हुने सबै कृयाकलाप बन्द गरेका थिए । पछिल्लो समय सरकारले निजी तथा सार्वजनिक सवारी, सरकारी तथा निजी कार्यालय र बजार खुल्ला गरेपछि बाग्लुङ जिल्लाका धार्मिक स्थलहरु पनि खुल्न थालेका हुन । मन्दिर ब्यबस्थापन समितीको छलफलपछि पौस १ गते बाट भक्तजनको लागि मन्दिर खुल्ला गरिएको समितिका सचिब हर्क बहादुर बुढाथोकीले बताउनु भयो ।
हरेक बर्ष हजारौ भक्तजनहरुको घुईचो लाग्ने मन्दिरमा यसपालि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै सामाजिक दुरी कायम गरेर मन्दिरमा पुजाआजाको ब्यबस्था गरिने सत्यवति मन्दिर ब्यबस्थापन समितिका सचिब बुढाथोकीको भनाई छ ।
वर्षको एकपटक मंसिर÷पुस महिनामा पर्ने दियाली पुर्णिमाको दिने विषेश पुजाआजा हुने मन्दिरमा ठूलो स्वरले चिच्याएर बर मागे पुग्छ भन्ने जनविश्वास रहेको छ । पूजाआजा र बर माग्नको लागि देशका विभिन्न ठाउँबाट आउनेहरुको घुइचो लाग्ने मन्दिर व्यस्थापन समितिका अध्यक्ष खड्क बहादुर श्रीसले बताए ।
विषेशगरी काठमाण्डौ, धनकुटा, नेपालगञ्ज, गैडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल, म्याग्दी, बागलुङको विभिन्न स्थानहरु लगाएतका ठाउँहरुबाट तिर्थयात्रीहरु आउँने गर्छन् । पूजा गरे बापत र बलि चढाए बापत केही शुल्क लिन गरिएको श्रीसले जानकारी दिए ।
दियालि पुर्णिमाको बिहानैदेखि पूजा–आजा गरिने मन्दिरमा १० ÷ १५ वटा बली चढ्ने गरेको बताइएको छ । मन्दिरको दायाँ पट्टी एउटा कुण्डली छ । त्यही गएर बर मागेपछि पुग्छ भन्ने जनविश्वास रहेकोछ ।
« बरेङ गाँउपालिकाको नयाँ अभ्यास ः प्रध्यापकहरुले सामुदायिक बिद्यालयमा अध्यापन गराउने «







