दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा च्याउको बिउ बितरण ः हुग्दिशिरका कृषक असन्तुष्ट

दिपेन्द्र परियार १० पौस ०७७ ।बरेङ। कृषीलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बरेङ गाँउपालिकाका ५ वटै वडामा ५० प्रतिशत अनुदानमा च्याउको बिउ बितरण गरिएको छ ।

तर वडा न २ हुग्दिसिरमा च्याउको बिउ बितरणमा चरम बिभेद गरिएको भन्दै कृषकले असन्तुष्टि ब्यक्त गरेका छन । 

बरेङ गाँउपालिकाले चालु आर्थिक बर्षकालागी ५० प्रतिशत अनुदानमा रु ५० हजार बराबरको  च्याउको बिउ तथा पलाष्टिक बितरण गरिरहेकोमा वडा न २ मा १ जना मात्रै कृषकलाई ७० पोका बिउ दिएको तर अन्य कृषकलाई माग भन्दा अतिनै न्युन सङख्यामा बिउ उपलब्ध गराएको कृषकहरुले बताएका छन ।

वडा न २ कि सचिब सिमाना छन्त्याल पुनले वडामा १ सय ८४ कृषकले ३ सय पोका बिउको माग गरेका जानकारी दिदै कृषी साखाले वडा न २ हुग्दिसिरका लागी २ सय पोका मात्रै बिउ वडा कार्यलयमा नपठाई ब्यक्तिको घरमा पठाएको र ति ब्यक्तिले आफुलाई चाहिने जति राखेर बाँकी वडामा पठाउदा समस्या भएको बताउनुभयो ।

बरेङ गाउपालिका कृषी साखा प्रमुख सुचना खत्रीले कुनै एक जना कृषकले ७० पोका बिउ लगेको बारे आफुलाई कुनैपनि जानकारी प्राप्त नभएको भन्दै 

आफुले वडा कार्यलयका लागी पठाएको बिउ गाडिचालकले ब्यक्तिको घरमा झारिदिएकोले यो समस्या आएको बताउनु भयो । क्षेत्रीले च्याउको बिउ अरु बिउ बिजन जस्तो भण्डारण गरेर राख्न नमिल्ने बताउदै बजेट अझै बाँकी रहेकाले कृषकले माग गरे अनुसारको बिउ क्रमस उपलब्ध गराउदै जाने बताउनु भयो ।

वडा न २ का वडा अध्यक्ष गुप्त प्रसाद काला थापाले वडाले कृषकको माग अनुसार तत्थ्याङक संकलन गरेर बिउको माग भएकाले कृषकको निबेदन अनुसार च्याउको बिउ पाएको जिकिर गर्नुभयो ।

बरेङ गाँउपालिकाले मेरो किसान मेरो अन्नदाता भन्ने अभियानका साथ उन्नत बिउबिजन ,मलखाद बो ब्यबस्था तथा सिंचाई प्रबन्ध गर्दै उन्नत खेति र उच्च मुल्यका बालीको बिकास गर्न भन्दै ७२ लाख ४५ हजार बजेटको ब्यबस्था गरेको चालु आर्थिक बर्षको निति कार्यक्रम तथा बार्षीक योजनामा उल्लेख गरेको छ । 

« मध्यराति चिच्याएर वर माग्ने साग्दि सत्यवति मन्दिर ८ महिना पछि खुल्यो «

» राजावादी चलखेल बढिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गर्नु अलोकतान्त्रिक र निरङकुश कदम ः ढुङगाना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal